माङसेबुङ हेरिटेजद्धारा माङसेबुङमा राहात वितरण - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माङसेबुङ हेरिटेजद्धारा माङसेबुङमा राहात वितरण

माङसेबुङ / किरात धर्मवलम्बीहरुको धार्मिक आस्थाको धरोहर माङसेबुङमा माङसेबुङ हेरिटेज प्रा.लिं माङसेबुङ इलामले ५ लाख ६५ हजार ७ सय ७३ मुल्य बराबरको राहत वितरण गरेको छ ।

गुरु निजी आश्राममा अवस्थित माङसेबुङ हेरिटेज प्र.लि.ले माङसेबुङ ५ र ३ वडामा अवस्थित धार्मिक पर्यटकिय क्षेत्र माङसेबुङको १६ वटै टोलमा प्रत्येक घर संख्या संकलन गरि ९ सय ६३ घरमा चामल, तेल र नुन जस्ता दैनिक उपभोग्य खाध्य सामाग्री राहत स्वरुप वितरण गरेको हो ।

विश्व स्वास्थ्य संगठन(WHO)ले विश्व व्यापी रुपमा घोषणा गरेको कोरोना भाइरस(कोभिड–१९)को रोकथामको लागि नेपाल सरकारले देशभर लकडाउन गरेको अवस्थामा माङसेबुङका जनताहरुमा लकडाउनको बेला दैनिक उपभोग्य सामाग्री खरिद गर्न असहज भईरहेको अवस्थालाई मध्यनजर गर्दै राहात वितरण गरेको माङसेबुङ हेरिटेज प्रा.लि.का अध्यक्ष सेर बहादुर लाओतीले बताए ।

१६ टोलका टोल अध्यक्षहरुको रहोबरमा प्रत्येक घरघरमा आईतबार र सोमबार गरि दूई दिन लगाएर राहात वितरण गरेको हेरिटेजका अध्यक्ष लाओतीले बताए ।

सम्बन्धित खवर