बुधबार देखि माङसेबुङ गाउँपालिकामा राहत वितरण गरिदै - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

बुधबार देखि माङसेबुङ गाउँपालिकामा राहत वितरण गरिदै

माङसेबुङ / इलामको माङसेबुङ गाउँपालिकाका ६ वटै वडाहरुमा बुधबार देखि राहत वितरण गरिने भएको छ ।

देशभर लकडाउन भईरहेको अवस्थामा माङसेबुङ गाउँपालिका भित्रका दैनिक ज्याला मजदुरी गरेर खाने, विपन्न परिवारलाई अत्यावश्यक दैनिक उपाभोग्य सामग्रीहरु राहात वितरण गरिने भएको हो ।

गाउँपालिका भरिका १ हजार १ सय ९४ घरपरिवारलाई राहत वितरण गर्न लागिएको माङसेबुङ गाउँपालिका अध्यक्ष डिकेन्द्र इधिङ्गोले बताए ।

गाउँपालिका भरिका संकटमा परेका १ हजार १ सय ९४ घरपरिवार मध्ये ९ सय ८९ घर परिवार जसको २ जनाभन्दा बढी परिवार संख्या छ सो परिवारलाई २५ केजी चामल, ३ केजी दाल, २ केजी नुनु, २ लि. खानेतेल, २ केजी मटर, १ केजी सोयाबिन, नुहाउने साबुन २ वटा र लुगा धुने साबुन १ वटा उपलब्ध गराइने गाउँपालिका अध्यक्ष इधिङ्गोले बताए ।

उनका अनुसार २ जनासम्म रहेको २ सय ५ परिवारलाई भने तोकिएको सबै कुराहरुको आधा सामग्री उपलब्ध गराईने छ ।

गाउँपालिकाको वडा नं. १ का १ सय ३६ घरपरिवारलाई राहत वितरण गरिने भएको छ । यो संख्या वडाको कुल घरसंख्याको १९.८६ प्रतिशत हो ।

त्यस्तै राहत पाउनेमा वडा नं. २ मा १ सय २० परिवार रहेको छ यो वडाको परिवारसंख्याको १३.७६ प्रतिशत रहेको छ ।
यस्तै वडा नं. ३ मा १ सय ५४ परिवार (१८.६९ प्रतिशत), वडा नं. ४ मा २ सय परिवार (४८.०८ प्रतिशत), वडा नं. ५ मा ४ सय ७५ परिवार (७७.४९ प्रतिशत) र वडा नं. ६ मा १ सय ९ परिवार (२०.९६ प्रतिशत) रहेको छ ।

बुधबारदेखि राहत वितरण गर्ने योजनाका साथ आवश्यक राहत सामाग्रीहरु व्यवस्थापन समेत गाउँपालिकाले गरिरहेको अध्यक्ष इदिङगोले बताए ।

उनले गाउँपालिकाले कोरोना भाइरसको संक्रमणबाट फैलिन नदिन र सम्भावित व्यक्तिलाई एकलबासको व्यवस्था माङसेबुङ गाउँपालिका वडा नं. ४ स्थित जनता माविमा निर्माण गरिएको बताए ।

कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलिन नदिनका लागि सरकारेले गत चैत्र ११ गते देखि देशभर लकडाउन घोषण गरेको छ ।

पहिलो चरण चैत्र ११ गते देखि १९ गते सम्म, दोस्रो चरण चैत्र २५ गते सम्म र अहिले तेस्रो चरण बैशाख ३ गतेसम्म लकडाउनको समय थप गरिएको छ ।

सम्बन्धित खवर