विराटनगर / महान समाज सुधारक राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द जन्मजयन्ती कातिक २५ मा १ न. प्रदेशभर सार्वजनिक बिदा हुने भएको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश क्यारेन्डर स्वीकृत गरेसंगै फाल्गुनन्द जन्मजयन्तीमा सार्वजनिक विदा हुने भएको हो ।
नेपाल सरकारले निर्धारण गरेको विदा बाहेक प्रदेशले ६ दिनको विदा थपेर क्यालेण्डर स्वीकृत गरेको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव हरिप्रसाद मैनाली संयोजक भएको समितिले दिएको सार्वजनिक विदासम्बन्धी प्रतिवेदन संशोधन सहित स्वीकृत गरेको हो ।
आन्तरिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोका अनुसार २०७७ सालमा सिरुवा पर्व, छठ पर्व, माघे सक्रान्ति, फाल्गुनन्द जन्मजयन्ती, कृष्ण अस्टमी र द्धादशीका दिन विदा हुनेछ ।
उनका अनुसार छठ पर्व, माघे संक्रान्ति, फाल्गुनन्द जन्मजयन्ती र द्वादशीका दिन अब प्रदेश भर सार्वजनिक विदा हुनेछ ।
सिरुवा पव र कृष्ण जन्मअष्टमीमा रथ यात्राको दिन झापा, मोरंग, सुनसरी र उदयपुरलाई विदा दिइनेछ ।