विपन्न परिवारलाई राहत दिने छथर गाउँपालिकाको निर्णय - Mangsebung News
  • मङ्गलबार, बैशाख ११, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

विपन्न परिवारलाई राहत दिने छथर गाउँपालिकाको निर्णय


छथर / तेह्रथुम जिल्लाको छथर गाउँपालिका कार्यपालिकाको आकस्मिक बैठक सडकमा बसेर गर्भवति महिला, सुत्केरि महिला र शिशुहरू सहित दैनिक ज्यालादारिमा काम गर्ने परिवार, असहाय तथा अति विपन्न परिवारहरूलाई राहत दिने निर्णय गरेको छ ।

गाउँपालिकाका प्रमुख सन्तविर लिम्बु सन्तोष तिगेलाको अध्यक्षतामा शुक्रवार शुक्रबारे बजारको खुल्ला ठाँउमा बैठक बसेको हो ।

कोरोना भाइरसको जोखिम बढिरहेका बेला सामाजिक दुरी कायम गरि बैठक सञ्चालन गर्न र विपतको समयमा जनताको निर्णय सडक बाटै गरिएको अध्यक्ष तिगेलाले बताए ।

बैठकले कोभिड १९ सम्बन्धि राहात वितरण मापदण्ड सम्बन्धि कार्यविधी २०७६ पारित गरिएको गरि टोलविकास संस्था मार्फत प्राप्त भएको तथ्यांक र वडाबाट प्रमाणित भइ आएको तथ्यांक लाई आधार मानि राहात वितरण सम्बन्धि कार्यविधी २०७६ बमोजिम वितरण गर्ने निर्णय गरेको छ ।

त्यस्तै कोरोना सक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनको सामना गरिरहेको यस घडिमा छथर गाउपालिका भित्र घर,कोठा भाडामा बस्ने व्यक्तिहरुलाई गाउँपालिका भित्रको मुख्य बजार शुक्रवारे, आख्रे, शनिश्चरे, डङडङ्गे, सुदापमा घर धनीबाट २०७६ साल चैत्र महिनाको घर भाडा शुल्क छुट दिन अनुरोध गर्ने निर्णय गरेको छ ।

बैठकले नेपाल बंगलादेश बैङ्कमा रहेको विपत राहत कोषको खातामा जनप्रतिनिधिहरुको १ महिनाको सेवासुविधा विपद कोषमा जम्मा गर्ने, यस कोषमा सबै पक्षवाट (शिक्षक, कर्मचारी, उद्योगि, व्यापारी, समाजसेवी, संघसंस्था) स्वयच्छिक रुपमा राहात कोषमा रकम जम्मा गर्न अनुरोध गर्ने निर्णय समेत गरेको छ ।

साथै पालिका भित्रका सम्पुर्ण नाकाहरु पुण रुपमा लक गर्ने, अधिक मुल्य बृद्दि गर्नेलाई स्थलगत कारवाहि गर्ने, कृषि जन्य सामाग्रिहरु आयत निर्यात कार्यमा सहजता सहजता प्रदान गर्ने समेत निर्णय गरेको छ ।

बैठकमा कार्यपालिकाका सदस्यहरु सहित जिल्ला समन्वय समिति तेह्रथुमका सदस्य थानाहाङ सुब्बाको समेत उपस्थिति रहेको थियो ।

कोरोना भाइरसको रोकथाम र लकडाउनका कारण पिडीत बनेका परिवारलाई राहात वितरण गर्नेमा केन्द्रित भई बैठक बसेको पालिकाका प्रवक्ता राजन नेपालीले बताए ।

बैठकले कोभिड १९ संक्रमण फैलिन नदिन नेपाल सरकारले निर्णय गरेको लकडाउनको कार्यन्वयनको अवस्था, खाद्यन्न आपुर्ति, नागरिकका दैनिकि र समस्याहरूका वारेमा समीक्षा गर्दे कोभिड १९ को संक्रमण फैलिन नदिन सरकाले गरेको लकडाउन सफल बनाउन सहयोग गर्ने सम्पुर्ण पक्षलाई धन्यवाद ज्ञापन गर्ने निर्णय बैठकले गरेको छ ।

यस्तै कोभिड १९ सक्रमण फैलिन नदिनको लागि सरकारले गरेको लकडाउनको समयमा दिन रात नभनि खट्ने स्वास्थ्यकर्मी, सुरक्षा कर्मचारी लगायत सम्पुर्णमा हार्दिक धन्यवाद दिने निर्णय समेत बैठकले गरेको छ ।

राहत वितरणका लागि टोलविकास संस्था र वडा बाट ९७५ परिवारको विरण गाउँपालिकामा पेश भएको छ ।

यसै साता आवस्यक सम्पुर्ण प्रकृया पूरा गरि टोलटोल बाट राहत वितरण गरिने तयारी भएको गाउँपालिकाले जनाएको छ ।

सम्बन्धित खवर