कोरोनाबाट मर्नेको संख्या १ लाख बढी - Mangsebung News
  • बिहिबार, बैशाख २७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कोरोनाबाट मर्नेको संख्या १ लाख बढी


दमक / कोरोना भाइरस ( कोभिड १९) को संक्रमणका कारण विश्वभर ज्यान गुमाउनेको संख्या एक लाख भन्दा बढी भएको छ ।

यो सामग्री तयार पार्दासम्म संसार भरका १ लाख २ हजार ६ सय ९७ जनाको मृत्यु भइसकेको छ । इटलीमा सबैभन्दा धेरै १८,८४९ जना संक्रमितले ज्यान गुमाएका छन्। तर संक्रमित र गम्भीर अवस्थामा पुगेका बिरामीहरूको संख्या हेर्दा संयुक्त राज्य अमेरिकामा सबैभन्दा बढी मानवीय हताहति हुने पक्कापक्की जस्तै छ ।

अहिलेसम्म अमेरिकामा १८,०३४ जनाले ज्यान गुमाएका छन् । यो हताहति इटलीपछि अर्को देशमा भएको सबैभन्दा बढी हो । आजमात्रै अमेरिकामा १,२३६ जना संक्रमितको ज्यान गएको छ ।

त्यस्तै स्पेनमा १५९७०, फ्रान्समा १३१९७, युकेमा ८९५८, जर्मनीमा २६६८,चीनमा , इरानमा ४२३२, बेल्जीयममा ३०१९ लगायत रहेका छन । अन्य धेरै मुलुकमा कोरोनाको संक्रमित र मृत्यु हुनेको संख्या बढी रहेका छन ।

१०,८९६ जना संक्रमितहरू मृत्युसँग अन्तिम अवस्थामा जुधिरहेका छन् । कोरोना संक्रमण अवस्थाबारे ताजा तथ्यांक अद्यावधिक गरिरहेको वर्ल्डोमिटरका अनुसार अहिलेसम्म विश्वभर १६ लाख ९७ हजार ८०२ संक्रमित भेटिएका छन । यी मध्ये तीन लाख ७६ हजार १ सय ८४ जना उपचारपछि निको भएका छन् ।

सम्बन्धित खवर