चीनमा लकडाउन खोलेसंगै नयाँ कोरोना संक्रमित भेटिए - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

चीनमा लकडाउन खोलेसंगै नयाँ कोरोना संक्रमित भेटिए


एजेन्सी / चीनमा लकडाउन खोले संगै नयाँ कोरोना संक्रमित भेटिएका छन् ।

चीनले कोरोना भाइरसबाट मुक्त भएको जनाएको थियो ।  ९० दिनको लकडाउन पछि गत अप्रिल ८ मा चीनले लकडाउन खोलेको थियो । लकडाउन खोलेको पछिल्लो ४८ घण्टामा १०८ जनामा संक्रमित भेटिएको अन्तर्राष्ट्रिय सञ्चार संस्थाहरुले जनाएको छ ।

विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको उदगम थलो मानिएको चीनमा कोरोना भाइरसको कारण ३३४१ जनाको मृत्यु भइसकेको छ ।

नेपालमा पनि भोलि बैसाक ३ गते लकडाउनको समयावधी समाप्त हुनेछ । यदि सरकारले पुनः लकडाउनको अवधी थप नगरे जोखिम अझै बढेर जानेछ । नेपालमा अहिलेसम्म १७ जनामा कोरोना संक्रमित भएको पुष्टि भएको छ भने एक जना निको भइसकेको छ ।

सम्बन्धित खवर