पेप्सीकोलाका दुईजनामा कोरोना संक्रमण पुष्टि, नेपालमा १६ जना पुग्यो - Mangsebung News
  • शनिबार, बैशाख २२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पेप्सीकोलाका दुईजनामा कोरोना संक्रमण पुष्टि, नेपालमा १६ जना पुग्यो

काठमाडौं / काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टबाट अस्पताल भर्ना गरिएका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

¥यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) बाट परीक्षण गर्दा कोरोना देखिएका तीनमध्ये दुईमा जनस्वास्थ्य प्रयोशाला टेकुमा गरिएको पीसीआर टेस्टबाट कोरोना पुष्टि भएको हो ।

एकजनाको भने रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १६ पुगेको छ ।

गत चैत ५ गते बेलायतबाट आएका दुईजनामा कोरोना संक्रमण भएको पुष्टि भएको हो । सोमबार कोरोनाको शंकामा उनीहरुलाई अस्पताल भर्ना गरिएको थियो ।

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार अपार्टमेन्टको १५ औं तलामा बस्ने आमा, छोरा र बुहारीलाई सोमबार गरिएको ¥यापिड टेष्टमा उनीहरुमा कोरोना संक्रमणको आशंका गरिएको थियो ।

त्यस लगत्तै सनसिटी अमार्टमेन्टलाई सिलबन्दी गरेर स्वाब संकलन गरिएको थियो । उनीहरु तीनजनाको अहिले पाटन अस्पतालमा उपचार भइरहेको छ ।

सम्बन्धित खवर