कोरोना संक्रमित एकको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज - Mangsebung News
  • बिहिबार, बैशाख २७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कोरोना संक्रमित एकको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज


काठमाडौं / नेपालमा दोस्रो कोरोना भाइरस संक्रमितको रुपमा अस्पताल भर्ना भएकी काठमाडौंकी १९ वर्षीया प्रसिद्धि श्रेष्ठ अस्पतालबाट डिस्चार्ज भएकी छन् ।

चैत १० गते कोरोना संक्रमण पोजेटिभ देखिएको प्रसिद्धि टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार गराइरहेकी थिइन । उनको पछिल्लो रिपोर्टमा कोरोना भाइरसको नेगेटिभ आएपछि शनिबार अस्पतालबाट डिस्चार्ज भएकी छन् ।

उनको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसनमा उपचार भइरहेको थियो ।

उनले आफू पूर्ण निको भएर फर्किएको सञ्चार माध्यमलाई प्रतिक्रिया दिएकी छन् । आफ्नो उपचारमा चिकित्सक र स्वास्थ्यकर्मीले राम्रो सहयोग गरेको पनि उनले बताएकी छन् । काठमाडौंकी प्रसिद्धि चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै काठमाडौं आएकी थिइन् ।

उनी आएको कतार एयरवेजको क्यू आर ६५२ को जहाजमा नेपाल आएका बागलुङका अरु दुईजना नेपालीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु धौलागिरि अस्पतालमा उपचाररत छन् ।

अहिलेसम्म नेपालमा कोरोना भाइरसको संक्रमित ३० जना पुगेको छ भने दुई जना निको भइसकेका छन् ।

सम्बन्धित खवर