समाजवादी र राजपावीच एकता गर्ने सहमती - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

समाजवादी र राजपावीच एकता गर्ने सहमती


काठमाडौं / समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) बीच पार्टी एकताको लागि सहमति भएको छ ।

बुधबार राति भएको सहमतीमा नयाँ बन्ने पार्टीको नाम ‘जनता समाजवादी पार्टी’ रहने उल्लेख गरेको छ । त्यस्तै झण्डा समाजवादीको आयातकार आकारमा रातो र हरियो रंगको बीचमा तारा हुनेछ भने चुनाव चिन्ह राजपाले प्रयोग गर्दै आएको छाता हुने जनाएको छ ।

राजपा अध्यक्ष मण्डलका संयोजक शरदसिंह भण्डारीको निवासमा बुधबार साँझ भएको वार्तामा भएको सहमतिमा दुवै पार्टीका चार–चार जना नेताले हस्ताक्षर गरेका छन् ।

सहमती पत्रमा समाजवादीको तर्फबाट समाजवादीमा संघीय परिषदको अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव, अशोक राई र राजेन्द्र श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

त्यस्तै राजपाको तर्फबाट अध्यक्षमण्डलका सदस्यहरु महन्थ ठाकुर, राजेन्द्र महत्तो, महेन्द्र राय यादव र शरदसिं भण्डारीले हस्ताक्षर गरेका छन् । भने राजपाका २ जना अध्यक्ष मण्डलका सदस्य अनिल झा र राजकिशोर यादवको भने हस्ताक्षर छैन ।

पार्टी एकता समानताको आधारमा हुने सहमतिपत्रमा उल्लेख छ ।
सरकारले सोमबार मात्र दल विभाजन गर्न सजिलो हुनेगरी अध्यादेश ल्याएको थियो र समाजवादी पार्टी वा राजपा नेपनलको एउटा समूह अलग गराउन चाहेको थियो । तर त्यसलाई रोक्ने प्रयाससँगै दुई दलले एकता वार्तालाई टुंगोमा र्पुयाएका हुन् ।

स्रोतका अनुसार नेतृत्वको विषय टुंगिएको छैन । तर दुवै पार्टीका नेताहरुले यसमा समस्या नहुने बताएका छन् ।

 

सम्बन्धित खवर