दमकमा एकै परिवारको ३ जनामा कोरोना आरडिटी पोजेटिभ - Mangsebung News
  • बुधबार, बैशाख २६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

दमकमा एकै परिवारको ३ जनामा कोरोना आरडिटी पोजेटिभ


दमक / झापाको दमक नगरपालिकामा बस्दै आएका एकै परिवारका ३ जनामा कोरोना भाइरस संक्रमणको जाँच गर्दा आरडिटी पोजेटिभ देखिएको छ ।

आरडिटी पोजेटिभ देखिएका ती ब्याक्ति दुबईबाट एक महिना अघि घर आएका थिए । उनलाई शुरुमा कुनै त्यस्तो लक्षण देखा परेको थिएन । तर अहिले पुनः चेक गर्दा आरडिटी पोजेटिभ देखिएको हो ।

सुरुमा एकजना ब्याक्तिमा पोजेटिभ देखिएपछि उनको परिवारका अन्य सदस्यहरुलाई पनि जाँच गर्दा थप २ जनामा पनि आरडिटी पोजेटिभ देखिएको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले बताए ।

यसरी आरडिटी पोजेटिभ देखिनु भनेको प्रारम्भिक जाँच भएकाले अहिले नै डराउनु वा आतिनु नपर्ने भएकाले स्वाब परीक्षण रिर्पोटपछि थप रणनीति तय हुने नगर प्रमुख ओलीले बताए ।

तीन जना व्यक्तिलाई आरडिट िपोजेटिभ देखिए लगत्तै सरकारी दमक अस्पतालमा सरोकारवालाहरुको बैठक बसेको थियो । ३ जना कै स्वाब परीक्षणका लागि धरान पठाईएको र त्यो रिर्पोट आएपछिमात्र थप अघि बढ्ने निर्णय भएको जनाईएको छ ।

सम्बन्धित खवर