झापामा एक जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या ४९ पुग्यो - Mangsebung News
  • शनिबार, जेठ ०५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

झापामा एक जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या ४९ पुग्यो


दमक / झापामा एक जनामा कोरोना भाइरस(कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४९ पुगेको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा झापाको दमक नगरपालिकाका ६२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार शुक्रबार बेलुकीसम्म कोरोना संक्रमितको संख्या ४९ पुगेको हो ।

मन्त्रालयका अनुसार उनलाई हाल आइसोलेशनमा राखेर उपचार थालिएको छ । अधिकारीका अनुसार उनको स्वास्थ्य वस्था सामान्य रहेको छ ।

नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या पनि १० पुगेको छ । नेपालमा सबैभन्दा धेरै उदयपुरमा २८ जना संक्रमित छन् ।

 

सम्बन्धित खवर