विपद कोषमा पुनः पचास लाख व्यवस्था गर्ने माङसेबुङ गाउँपालिकाको निर्णय - Mangsebung News
  • बिहिबार, बैशाख ०६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

विपद कोषमा पुनः पचास लाख व्यवस्था गर्ने माङसेबुङ गाउँपालिकाको निर्णय

माङसेबुङ / ईलामको माङसेबुङ गाउँपालिकाकाले गाउँपालिकाको विपद व्यवस्थापन कोषमा पुनः पचास लाख रकम व्यवस्था गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको गाउँपालिकाकोे बैठकले विपद व्यवस्थापन कोषमा पुनः पचास लाख रकम व्यवस्था गर्ने निर्णय गरेको हो ।

कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणका लागि सरकरले घोषणा गरेको लकडाउनको कारण समस्यामा परेकाहरुका लागि राहात वितरणका लागि सो रकम ब्यबस्था गर्न लागेको हो ।

गाउँपालिकाले यस अघि पहिलो चरणको राहत भने वितरण गरिसकेको छ । पहिलो चरणमा गाउँपालिकाले १ हजार १ सय ८६  घरधुरीलाई राहत वितरण गरेको हो ।

आइतबार बसेको गाउँपालिकाको बैठकको निर्णय :

निर्णय नं. १ कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रण गर्नको लागि गाउँपालिकाको विपद व्यवस्थापन कोषमा पुनः पचास लाख रकम व्यवस्था गर्ने निर्णय गरियो ।

निर्णय नं. २ गाउँपालिका तथा जिल्ला बाहिरबाट आएर सामुदायिक क्वारेन्टाइनमा बसेकाहरुलाई आधारभुत खाद्यान्न सामाग्रीहरु गाउँपालिकाले व्यवस्थापन गर्ने निर्णय गरियो ।

निर्णय नं. ३ माङसेबुङ गाउँपालिकाका नागरिकहरु गाउँपालिका तथा जिल्ला बाहिर काठमाडौ उपत्यका लगायत अन्य जिल्लाहरुमा अध्ययन गर्न गएका विद्यार्थीहरु, विभिन्न विकास निर्माण योजना तथा आयोजना लगायत अन्य कलकारखाना उद्योगहरुमा काम गर्न गएका श्रमिक तथा मजदुरहरुलाई गाउँपालिकाले जारी गरेको कार्य्विधि, २०७६ अनुरुप राहत गरिने, जसको लागि काठमाडौ उपत्यकामा राधेश्याम लेकालीको संयोजकत्वमा बनेको कोभिड–१९ राहत वितरण तथा सहयोग समितिसँग र उपत्यका भन्दा अन्य जिल्लाहरुको हकमा सम्बन्धित स्थानीय तहहरुसँग आवश्यक सहयोग र समन्वय गर्ने निर्णय गरियो । साथै राहत वितरणको लागि सम्बन्धित व्यक्तिहरुको लगत संकलन गर्ने समेत निर्णय गरियो ।

सम्बन्धित खवर