फाकफोक खोलामा दाहसंस्कार गर्दागर्दै चिता संगै शवनै बाढीले बगायो - Mangsebung News
  • शुक्रबार, बैशाख ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

फाकफोक खोलामा दाहसंस्कार गर्दागर्दै चिता संगै शवनै बाढीले बगायो

फाकफोकथुम / इलामको फाकफोकथुम गाउँपालिकास्थित फाकफोक खोलामा दाहसंस्कार गर्दागर्दै आएको बाढीले चितासहित शव बगाएको छ ।

फाकफोकथुम–३, सल्लेरीका ४० वर्षीय रामबहादुर लकान्द्रीको दाहसंस्कारका लागि चितामा राखिएको शव बाढीले बगाएको फाकफोकथुम गाउँपालिकाकी उपाध्यक्ष सरस्वती राई (सरु) ले जानकारी दिइन् ।

स्थानीय फाकफोक खोलामा शव जलाउन चितामा राखेर दागवत्ती दिनसाथ एक्कासी माथिबाट आएको बाढीले शव जल्न नपाइ बगाएको हो । फाकफोक खोलाको शीर पाँचथरको घुर्बिसे पंचमी र आसपासमा भएको भीषण वर्षापछि आएको बाढीले शव बगाइएको उपाध्यक्ष राईले जानकारी दिइन् ।

शव जल्न नपाइ बाढीले बगाएपछि खोजतलास गरी पुन दाहासंस्कार गरिने भएको छ । ‘सव जल्न नपाइ बाढीले बगाएर लग्यो । आज त रात परिहाल्यो । भोलि प्रहरी प्रशासन र स्थानीयले शव खोजतलास गरी पुन दाहसंस्कार गर्ने सल्लाह भएको छ’ उपाध्यक्ष राईले नयाँ बुलन्दसँग भनिन् ।

लकान्द्रीको आइतबार दिउँसो करिब १२ बजे नजिकैको जंगलमा सुँगुरको चारो खोज्ने क्रममा ढुङ्गाबाट चिप्लिएर लड्दा मृत्यु भएको छ । उनको रवि अस्पतालमा पोष्टमार्टम गरिएको थियो ।

बाढीले एक बालक बगायो

यसैबीच सोमबार दिउँसो इलामको फाकफोकथुमस्थित फाकफोक खोलाले बगाएर एक बालकको मृत्यू भएको छ ।

मृत्यू हुनेमा फाकफोकथुम गाउँपालिका वडा नम्बर ३ आमचोक रातमाटेका १३ वर्षीय मनिस थेगिम रहेको फाकफोकथुम गाउँपालिकाकी उपाध्यक्ष सरस्वती राई (सरु) ले जानकारी दिइन् ।

साथीहरुसँग पौडी खेलिरहेका थेगिमलाई अचानक माथिबाट आएको बाढीले बगाएरको थियो ।

बाढिले बगाएको थाहा पाएका सथीहरुले स्थानीयलाई खबर गरेपछि स्थानीय र प्रहरीले खोजतलास गरेको थियो । खोजतलासका क्रममा थेगिमको शव घटना भएको स्थानदेखि करिब ३ किलोमिटर तल मृत अवस्थामा फेला परेको थियो  ।

उनको पोष्टमार्टमका लागि पाँचथरको रवि अस्पताल लगिएको छ ।

सम्बन्धित खवर