माङसेबुङ गाउँपालिकालाई नेकपा माङसेबुङद्वारा १ लाख बराबरको राहत सहयोग - Mangsebung News
  • बुधबार, बैशाख १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माङसेबुङ गाउँपालिकालाई नेकपा माङसेबुङद्वारा १ लाख बराबरको राहत सहयोग

माङसेबुङ / इलामको माङसेबुङ गाउँपालिकालाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माङसेबुङ गाउँ कमिटिले एक लाख पाँच हजार बराबरको राहत सामग्री उपलब्ध गराएको छ ।

बिहीबार माङसेबुङ ३ स्थित चतुरेमा आयोजित कार्यक्रममा राहत सामग्री गाउँपालिकालाई हस्तान्तरण गरेको हो ।

नेकपाले १ हजार केजी चामल, १५ काटुन खाने तेल, ५ बोरा आयोडिसन नुन र एक सय केजी दाल गाउँपालिकाको विपद व्यवस्थापन कोषलाई उपलब्ध गराएको हो ।

नेकपा गाउँकमिटि अध्यक्ष हेमन्त राईले माङसेबुङ गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिङ्गो, उपाध्यक्ष सुनिता सुब्बा, प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सुवेदीलाई संयुक्त रुपमा सहयोग हस्तान्तरण गरेका थिए ।

विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को रोकथाम र नियन्त्रणका लागि सरकारले गरेको लकडाउनबाट प्रभावित असंगठित मजदुर, विपन्न, असक्त परिवारलाई राहत दिन सहयोग गरेको नेकपा गाउँ अध्यक्ष हेमन्त राईले बताए ।

पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्ताहरुको स्वेच्छिक सहयोगमा संकलिन रकमबाट गाउँपालिकाको विपद व्यवस्थापन कोषमा सहयोग गरेको अध्यक्ष राईद्ये जानकारी दिए ।

सहयोग ग्रहणपछि संक्षिप्त मन्तव्य राख्दै गाउँपालिका अध्यक्ष इदिङ्गोले सहयोगका लागि नेकपा माङसेबुङलाई धन्यवाद दिए ।


उनले यस्तो महामारीमा जुनसुकै राजनीतिक दल भएपनि यो वा त्यो दल नभनी एक भएर महामारीको सामाना गर्नुपर्नेमा जोड दिए । सबै नागरिक एक भएर विपत्तीको सामना गर्न सहयोगको अपिल समेत गरे ।

सम्बन्धित खवर