नेपालमा थप दुईजनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५९ पुग्यो - Mangsebung News
  • आइतबार, जेठ ०६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेपालमा थप दुईजनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५९ पुग्यो

काठमाडौं / नेपालमा थप दुईजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ ।

शुक्रबार रुपन्देहीका २५ वर्षीय पुरुष र बाँकेको नेपालगञ्ज निवासी ६० वर्षीय पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

योसँगै प्रदेश पाँचमा पनि कोरोनाको संक्रमण देखिएको छ । यसअघि प्रदेश पाँच र कर्णाली प्रदेशमा कोरोनाको संक्रमण देखिएको थिएन ।

नेपालमा हालसम्म १६ जना कोरोना भाइरस संक्रमित निको भएर घर फर्किसकेका छन् ।

सम्बन्धित खवर