ताप्लेजुङ फुङ्लिङ बजारमा आगलागी, ७ वटा घर र ११ पसल जलेर नष्ट - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

ताप्लेजुङ फुङ्लिङ बजारमा आगलागी, ७ वटा घर र ११ पसल जलेर नष्ट

ताप्लेजुङ / ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा भीषण आगलागी भएको छ । फुङलिङ बजारको पुरानो बैंक लाईनमा आगलागी भएको हो ।

शुक्रबार साँझ बजारको भण्डारी खाजा घर आसपासबाटसुरु भएको आगलागीबाट ७ वटा घर र ११ पसल जलेर नष्ट भएका छन् । नजिकैका अन्य दुई घरहरु समेत भत्काईएका छन् ।

मानवीय क्षति भए नभएको हाल सम्म जानकारी नरहेको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिए ।

राती साढे १० बजेबाट सुरु भएको आगो दुई घण्टा पछी करिब साढे १२ बजे मात्रै नियन्त्रणमा आएको थियो ।

दमकलमा पुरा पानी नहुँदा आगो नियन्त्रणमा ढिलाई भएको थियो । अगलागी नियन्त्रणका लागि नेपाली सेना, जनपद प्रहरी, सशस्त्र प्रहरी, प्रमुख जिल्ला अधिकारी निरौलाको टोली, मेयर र स्थानीयवासी खटेका थिए ।

घरमा रहेका ग्यास सिलिन्डरहरु पड्किएका कारण आगालागी नियन्त्रण गर्न निकै हम्मे परेका थियो । आगलागीले स्थानीय खेम केसी, खड्क थापा, नेत्र कार्की लगायतको घर जलेर नष्ट भएका छन् ।

सम्बन्धित खवर