प्रहरी र बिप्लव समूह विच भिडन्त : बिप्लव समूहका इलाम इन्चार्ज बिस्फोटक पदार्थ सहित पक्राउ - Mangsebung News
  • बुधबार, बैशाख १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

प्रहरी र बिप्लव समूह विच भिडन्त : बिप्लव समूहका इलाम इन्चार्ज बिस्फोटक पदार्थ सहित पक्राउ


इलाम / जिल्ला प्रहरी कार्यालय इलामले विष्फोट पदार्थ सहित नेत्र विक्रम चन्द विप्लब नेतृत्वका जिल्ला इन्चार्ज र २ जना कार्यकर्ता पक्राउ गरेको छ ।

जिल्लाको माई नगरपालिका–९ बोरुङबाट ठुलो परिमाणमा विष्फोट पदार्थ सहित नेत्र विक्रम चन्द विप्लब नेतृत्वका जिल्ला इन्चार्ज पुष्प कोइराला र कार्यकर्ता जनम भनिने पासाङ शेर्पा साथै पासाङ तामाङलाई पक्राउ गरेको हो ।

गएराती करिव १२ बजे उनीहरुलाई घेराबन्दी गरेपछि बिप्लव कार्यकर्ताले गोली चलाएपछि दुईतर्फ बिच भिडन्त भएको छ ।

ससस्त्र प्रहरी र नेपाल प्रहरीको सम्युक्त टोलीमाथी गोली प्रहार भएपछि ससस्त्र प्रहरीले पनि जवाफी सात राउण्ड गोली चलाएको इलामका प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक हिराबहादुर पाण्डेले जानकारी दिए ।

नेपाल प्रहरीले विशेष सुराकीका आधार शसस्त्र प्रहरी समेतको टोलीले गएराती उनीहरुलाई पक्राउ गरेको उहाँले बताउनुभयो ।

पक्राउ परेका इन्चार्ज कोइरालाको घर संखुवासभा कार्यकर्ता पासाङको ताप्लेजुङ र सौरभको घर उदयपुर भएको बताइएको छ ।

उनीहरुको साथबाट विष्फोटक पदार्थ र त्यसका लागि प्रयोग हुने सामाग्री सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।

पक्राउ पर्नेहरुको साथबाट विष्फोटक पदार्थ डिटोनेटर १९ थान, प्रेसरकुकर बम १ थान, ग्रिनेड १ थान, टुकि बम १ थान, पाइपमा फिट गरिएको बम १ थान, डेथ कड ६७ फिट, बम बिष्फोटमा प्रयोग हुने मिटर र रिमोट ४ थान, विभिन्न प्रकारका बिष्फोटक पदार्थ, नगद ३३ हजार सातसय ८० , साथै चक्कु तथा दस्तावेजहरु फेला पारिएको छ ।

पक्राउ परेका तिनै जनालाई जिल्ला प्रहरी कार्यालय इलाम पु¥याइएको छ । उनीहरुबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।

सम्बन्धित खवर