माङसेबुङमा २८ जनाको आरडिटी परिक्षण, सबैको रिपोर्ट नेगेटिभ - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माङसेबुङमा २८ जनाको आरडिटी परिक्षण, सबैको रिपोर्ट नेगेटिभ


माङसेबुङ / इलामको माङसेबुङ गाउँपालिकामा २८ जनाको ¥यापिड डायगानोस्टिक टेस्ट (आरडीटी) गरिएको छ । परिक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको माङसेबुङ गाउँपालिकाले जनाएको छ ।

शनिबार माङसेबुङ गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इधिङगोको उपस्थितिमा स्वास्थ्य कार्यलय इलामबाट खटिएका स्वास्थ्यकर्मीबाट माङसेबुङ ५ स्थित सरस्वती माविमा परिक्षण गरिएको थियो ।

माङसेबुङको क्वारेन्टाइन, सामुदायिक क्वारेन्टाइन र होम क्वारेन्टाइनमा रहेका २८ जनाको ¥यापिड डायगानोस्टिक टेस्ट (आरडीटी) गरिएका सबैको रिपोर्ट नेगेटिभ देखिएको हो ।

पढाई तथा विभिन्न रोजगारीमुलक कामका शिलशिलामा गाउँपालिका बाहिर बसिरहेका नागरिकहरु लकडाउनको बेला गाउँ प्रवेश गरेहरुलाई परिवार र समुदायमा घुलमिल हुन नदिन सामुदायिक माङसेबुङ गाउँपालिका ३ स्थित मनिपुरमा स्थानीय सामुदायिक स्वास्थ्य सेवा इकाईको भवनमा र माङसेबुङ ५ स्थित सरस्वती माविमा सामुदायिक क्वारेन्टनइन स्थापना गरि सुरक्षित राखिएको थियो ।

परिक्षणमा रिपोर्ट नेगेटिभ देखिएपछि क्वारेन्टाइनमा रहेका सबैलाई घर–घरमा पठाइएको जनाएको छ ।

सम्बन्धित खवर