इलाममा काँग्रेसद्धारा सीमा अतिक्रमणको बिरोध प्रदर्शन, सचिव खड्गी र अध्यक्ष भट्टराई पक्राउ - Mangsebung News
  • मङ्गलबार, बैशाख ११, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इलाममा काँग्रेसद्धारा सीमा अतिक्रमणको बिरोध प्रदर्शन, सचिव खड्गी र अध्यक्ष भट्टराई पक्राउ

इलाम / भारतले नेपाली भूमि हुँदै तिब्बतको मानसरोवर जोड्ने सडक बनाएको विरोधमा इलाममा बिरोध प्रदर्शन गर्ने क्रममा नेपाली काँग्रेस इलामका सचिब सहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

इलामको चोक बजारमा बिरोध प्रदर्शन गर्दै कोणसभा गर्ने क्रममा आइतबार साँझ काँग्रेसका जिल्ला सचिब निरोज खड्गी र नेबिसंघका जिल्ला अध्यक्ष प्रकाश भटटराईलाई प्रहरीले पक्राउ गरेको हो ।

लकडाउनका बीच इलाम चोक बजारमा नेपाली काँग्रेसका नेता कार्यकर्ताले विरोध प्रदर्शन गरेका छन् । राष्ट्रियताको पक्षमा बिरोध प्र्रदर्शन गर्दा प्रहरी प्रशासनले हस्तक्षेप गर्दै खडगी र भटटराईलाई पक्राउ गरेपछि काँग्रेसका नेता कार्यकर्ता आक्रोशित भएका थिए ।

यसैगरि पक्राउ गरेको दुई घण्टा पछि रिहा गरेको नेपाली काङ्ग्रेसका जिल्ला सचिव खगेन्द्र देवानले जानकारी दिए ।

उनीहरुले आफना कार्यकर्ता तत्काल रिहा गर्नुपर्ने माग गरेका छन् । काँग्रेसका दुईजना कार्यकर्ता पक्राउ परेपछि आक्रोशित भिड बढ्ने आँकलन गर्दै नेपाल प्रहरी र सशस्त्र प्रहरी बाक्लो रुपमा इलाम बजारमा परिचालन गरेको थियो ।

शुक्रबार भारतले लिपुलेक हुँदै तिब्बत जोड्ने बाटोको उद्घघाटन गरेसँगै सडकदेखि सदनसम्मै त्यसको विरोध भइरहेको छ ।

यसैगरि आइतबार भारतले नेपाली भूमि हुँदै तिब्बतको मानसरोवर जोड्ने सडक बनाएको विरोधमा देशका बिभिन्न ठाउँमा विरोध प्रदर्शन भएको छ ।

सम्बन्धित खवर