गायिका स्वस्तिका सावदेनको ‘कसलाई पोखौं’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

गायिका स्वस्तिका सावदेनको ‘कसलाई पोखौं’ सार्वजनिक(भिडियो सहित)

माङसेबुङ / उदयीमान गायिका स्वस्तिका सावदेनको सुमधुर आवाजमा सजिएको रमाईलो गीत ‘कसलाई पोखौं’ भिडियो युट्यूवमार्फत सार्वजनिक गरिएको छ ।

म्यूजिक मिडिया रेकर्डिङ स्टुडियो धरानका प्रोप्राइटर तथा रेकर्डिष्ट विजय श्रेष्ठको शव्द तथा संगीत रहेको गीतको रेकर्डिङ म्यूजिक मिडिया रेकर्डिङ स्टुडियो धरानमानै रेकर्डिङ गरिएको हो ।

किसोर लिम्बुको निर्देशन रहेको भिडियोमा सुमिला लावती र खुविनहाङ लिम्बुले अभिनय गरेका छन् । माङसेबुङ आसपासमा छायांकन गरिएको चन्चल बैशालु यौवनले भरिएको युवतीको तरङगीतहरु मनका लहरहरु पोखिएका भावहरुमा तयार गरिएको भिडियोमा निसाम लावती, सृष्टि नेयोङ, युना योङहाङ र चोमु राईले कोरसको भूमिका निर्वाह गरेका छन् ।

भिडियो युट्यूवमा सार्वजनिक भएसंगै दर्शकहरुले निक्कैनै रुचाएको छ । गीती एल्बम ‘माबुधाम’मा संग्रहित गीतको संगीत संयोजन भने जीवन राईले गरेका हुन् ।

हेमराज चेम्जोङको छायांकन तथा नाम्बिनहाङ लिङदेनको सम्पादन रहेको भिडियो माङसेबुङ म्यूजिक भिडियो युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस :

सम्बन्धित खवर