झापाका ९ र सुनसरीका २ जनामा कोरोना संक्रमण पुष्टि - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

झापाका ९ र सुनसरीका २ जनामा कोरोना संक्रमण पुष्टि


झापा / कोरोना भाइरस (कोभिड १९) को नयाँ संक्रमित ११ जना थपिएका छन् ।
झापाका केचनकवल गाउँपालिकाका ९ र सुनसरीका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

उनीहरुको कोशी अस्पताल विराटनगरको प्रयोगशालामा पीसीआर परीक्षण गरिएको थियो । जम्मा ३३ जनाका पीसीआर परीक्षण गर्दा झापाका ९ जनामा कोरोना संक्रमण देखिएको कोशी अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट डा. संगीता मिश्राले पुष्टि गरिन् ।

त्यस्तै विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सुनसरीका दुई जनामा कोरोना पोजेटिभ देखिएको छ । प्रतिष्ठानका सहायक प्रवक्ता डा. अशोक ऐरले सोमबार राति १ बजे परीक्षण गर्दा २ जनामा कोरोना पोजेटिभ देखिएका जानकारी दिए ।

कोरोना पोजेटिभ देखिनेमा इटहरीका १८ वर्षका युवक र अर्का व्यक्ति सशस्त्र प्रहरी कर्मचारी हुन् ।

योसँगै सुनसरीमा मात्र कोरोना संक्रमितको संख्या तीन पुगेको छ । झापामा कोरोना संक्रमितको संख्या १२ पुगेको छ भने प्रदेश १ मा संक्रमितको संख्या ५४ पुगेको छ ।

सम्बन्धित खवर