कोरोना संक्रमित २७ जना थपिए, जम्मा ४०२ पुग्यो - Mangsebung News
  • शुक्रबार, बैशाख ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कोरोना संक्रमित २७ जना थपिए, जम्मा ४०२ पुग्यो


काठमाडौं / नेपालमा कोरोना भाइरस (कोभिड १९) को संक्रमिता २७ जना थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता डा विकास देवकोटाका अनुसार २७ जना संक्रमित थपिए संगै नेपालमा कोरोना भाइरस संक्रमितहरुको संख्या ४ सय २ पुगेको छ ।

मंगलबार थपिएका नयाँ संक्रमितहरुमा भक्तपुर र ललितपुरका ५ जना छन् । ती संक्रमितहरु १७ देखि ४२ वर्षसम्मका छन् । २४ महिला र ३ जनामा महिला रहेका छन् ।

झापामा ९, मोरङमा एक, सुनसरीमा एक, सर्लाहीमा दुई, काठमाडौंमा तीन, भक्तपुरमा एक, मकवानपुरमा एक, रामेछापमा एक, ललितपुरमा एक, सिन्धुलीमा एक, लमजुङमा एक, कपिलवस्तुमा चार र नवलपरासीमा एक जना गरी जम्मा २७ जना थपिएका हुन् ।

नेपालमा हालसम्म पुरुष ३ सय ४० र ६२ जना महिलामा गरी जम्मा ४०२ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

सम्बन्धित खवर