कोरोना संक्रमित ३० जना थपिए, संक्रमित ४८७ पुग्यो - Mangsebung News
  • शुक्रबार, बैशाख ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कोरोना संक्रमित ३० जना थपिए, संक्रमित ४८७ पुग्यो

काठमाडौं / नेपालमा कोरोना भाइरस (कोभिड १९) को संक्रमिता ३० जना थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवत्ता डा. समिर कुमार अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौ र भरतपुर अस्पताल चितवनमा गरिएको परिक्षणमा ३० जना नयाँ संक्रमित थपिए हुन । यससंगै नेपालमा कोरोना भाइरस संक्रमितहरुको संख्या ४ सय ८७ पुगेको छ ।

शुक्रबार थपिएका संक्रमितहरु सर्लाही जिल्लामा १५, कपिलवस्तुमा ९, चितवनमा २, नवलपरासीका ३, नवपरासी पूर्वका १ जनामा कोरोना संक्रमण देखिएको हो ।

सर्लाहीको गौडेता नगरपालिका र रामनगर बहुअर्वा नगरपालिकामा १५ जनामा कोरोना संक्रमण देखिएको हो । त्यहाँका २२, २२, २४, २५, २५, २७, ३२, ३४, ३४, ३५, ३८, ३८, ३८ र ३९ वर्षका पुरुष र १८ वर्षकी महिलामा कोरोना संक्रमण भएको छ ।

त्यस्तै कपिलवस्तुको वाणगंगा नगरपालिका र मायादेवी गाउँपालिकाका ९ जनामा संक्रमण देखिएको हो । उनीहरु २४, २५, २७, २९, ३४, ३६, ४५, ५३ वर्षका पुरुष र ८ वर्षकी बालिकामा कोरोना संक्रमण देखिएको हो ।

नवलपरासीको सुस्ता गाउँपालिका वडा न. ५ र रामग्राम नगरपालिकाका ३३ र ३५ वर्षका पुरुष र १५ वर्षकी महिलामा कोरोना संक्रमण देखिएको छ ।

चितवनको भरतपुर महानरगपालिका–६ का ७४ वर्षका पुरुष, ७३ वर्षकी महिलामा कोरोना संक्रमण भएको छ । त्यस्तै नवलपरासी पूर्वको विनय त्रिवेणी गाउँपालिका– ६ का ४५ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खवर