माङसेबुङमा प्रथम किराती राजा यलम्बरको शालिक स्थापना हुदैं - Mangsebung News
  • बिहिबार, बैशाख ०६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माङसेबुङमा प्रथम किराती राजा यलम्बरको शालिक स्थापना हुदैं

माङसेबुङ / किरातीहरुको आस्थाको केन्द्र माङसेबुङमा प्रथम किराती राजा यलम्बरको शालिक स्थापना हुने भएको छ ।

आइतबार बिहानै किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ज्यूले माङसेबुङ गाउँपालिका वडा नं–५, स्तिथ बुधबारे शाकाहारी हटिया वजारमा यलम्बरको शालिक शिलन्यास गर्नुभएको हो ।

किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ज्यूले शिलन्यास गर्नुभए संगै माङसेबुङमा प्रथम किराती राजा यलम्बरको शालिक स्थापना हुने पक्का भएको हो ।

शिलान्यासको क्रममा किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ ज्यूले यलम्बरहाङको शालिक स्थापना हुनु गौरवको महसुस भएको बताउनुहुँदै, यलम्बरहाङ किरातहरुको पहिलो राजा र महात्मा भएको बताउनु भयो ।

किरात धर्मगुरुज्यूले विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस(कोभिड–१९)बाट बच्न सबैलाई सचेत रहन र सुरक्षित रहन आग्रह समेत गर्नुभएको थियो ।

उहाँले कोराना एउटा सामान्य महामारी रोग मात्र भएको बताउनुहुदैं कोरोना भन्दा अझै खतरा मानव संहार हुने रोगहरु आउने संकेत समेत गर्नुभयो ।

माङसेबुङ गाउँपालिकाको अर्थिक वर्ष ०७६/२०७७ वजेट कार्यक्रम अन्तर्गत विनियोजित १० लाख रकमबाट प्रथम किराती राजा यलम्बरको पूर्ण कदको शालिक स्थपना गर्न लागिएको प्रथम किराती राजा यलम्बर शालिक निर्माण उपभोक्ता समितिका अध्यक्ष जसहाङ सावदेनले बताए ।

उक्त शालिक निर्माण गर्न १० लाख रकम पर्याप्त नभएकोले स्थानिय क्षेत्रबाट समेत सुम्बुगेन हुक्वा संकलन गरि शालिक निर्माण गरि स्थापना गर्ने शालिक निर्माण उपभोक्त समितिका अध्यक्ष सावदेनले बताए ।

उनले धार्मिक पर्यटकिय क्षेत्र माङसेबुङको विकास र प्रवद्र्धनमा टेवा पुग्ने विश्वास समेत व्यक्त गरेका छन् । ६ फिट बराबरको यलम्बरको शालिक निर्माण भने माङसेबुङ हेरिटेज प्रा. लि.ले गर्ने भएको छ ।

शिलन्यास कार्यक्रममा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका केन्द्रिय अध्यक्ष केहेरसिं योङहाङ, माङसेबुङ गाउँपालिका वडा नं–५,का अध्यक्ष नरेन्द्र कुमार राई गुरु निजी आश्रम कृषि तथा भौतिक पुर्वधार निर्माण आर्थिक व्यवस्थापन समितिका अध्यक्ष देउमान आङबुहाङ, किरात साम्यो नालीफूङवा मुजोत्लुङ पान्जुम्भोका अध्यक्ष दिपक लगायत राजनैतिक दलका प्रतिनिधिहरु, नागरिक समाजका अगुवाईहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर