जन्म दिने आमाको हत्या गरी आत्महत्या - Mangsebung News
  • बिहिबार, चैत १५, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

जन्म दिने आमाको हत्या गरी आत्महत्या

मोरङ / आफुलाई जन्म दिने आमाको हत्या गरी एक यवकले आत्महत्या गरेका छन् ।

मोरड्ंको बेलबारी नगरपालिका ४, बुधबारेका ३० वर्षीय जीवनबहादुर लिम्बूले आफ्नो आमा ५५ वर्षीया देवीकुमारीलाई हत्या गरी आत्महत्या गरेको प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए ।

युवक जीवनले आफ्नी आमा देवीकुमारीको टाउको र निधारमा छुरी प्रहार गरेपछि उक्त छुरीले नै आफ्नो घाँटी र पेटमा प्रहार गरेको प्रहरी उपरीक्षक अधिकारीले बताए । घाइते जीवनको सामुदायिक अस्पताल बेलबारीमा उपचारको क्रममा मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।

घट्नाको कारण खुल्न सकेको छैन । इलाका प्रहरी कार्यालय बेलबारीको प्रमुख प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको छानबिन टोली घटनास्थल पुगेर छानबिन गरिरहेको एसपी अधिकारीले बताए ।

सम्बन्धित खवर