दमकमा रुकुम नरसंहार बिरुद्ध प्रदर्शन (फोटो फिचर सहित) - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

दमकमा रुकुम नरसंहार बिरुद्ध प्रदर्शन (फोटो फिचर सहित)

दमक / रुकुममा भएको नरसंहार बिरुद्ध दमकमा प्रर्दशन भएको छ ।

‘सम्पुर्ण उत्पिडित दलित, न्यायपे्रमी समुदाय एक होऔं’ भन्ने नाराका साथ शुक्रबार नवराज बिश्वकर्मा हत्या बिरुद्ध संघर्ष समितिको आयोजनामा प्रदर्शन भएको हो ।

दमकको देवकोटा चौकबाट सुरु भएको शान्तिपुर्ण ¥याली फर्निचर लाईन हुदै गणतन्त्र चौकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई दलित अगुवा र नागरिक अधिकार कर्मीहरुले सम्बोधन गरेका थिए ।

नवराज बिश्वकर्मा हत्या बिरुद्ध संघर्ष समितिका संयोजक कासी खातीले कोणसभालाई सम्बोधन गर्दै भने परिर्वतनको जनआन्दोलनको आरम्भ भएको रुकुमबाट जातीयताको आधारमा नरसंहार हुनु मानव सभ्यताकै कलंक भएको बताए । उनले भने पुर्व गृहमन्त्री समेत भएका प्रतिनिधी सभाका संसद जनार्दन शर्माले उज्यालो नेपालको अभियानमा नेपाललाई उज्यालो बनाउन सफल भए पनि आफ्नो समाजलाई उज्यालो बनाउन नसकेको बताए । यो घटनाको जति नै भर्सना गरेनी कम हुने भन्दै कडा भन्दा कडा कारबाहीको माग गरेका छन् ।

यसरीनै राष्ट्रिय मानवअधिकार मन्च झापाका अध्यक्ष नवीन चापागाईले जातका आधारमा कोहि ठूलो सानो नहुने भन्दै यस्ता जघन्य अपराधबाट कोहि उन्मुक्ति पाउनु हुदैन बताए ।

दमक नगर कार्यपालिका सदस्य टिकाराम बयलकोटीले २०४६ यता पटक पटक परिवर्तनको लागि यस्तो आन्दोलन गरे पनि जातिय अस्तित्वका आधारमा गरिने विभेद अलिकति पनि नबद्लिएको बताए ।
त्यस्तै मानव अधिकार कर्मी डा. केपि सुबेदीले भने संविधानले जातीय विभेद उन्मुलन गरेकोछ तर व्यबहारत समाजमा विभेद अझै ब्याप्त छ । यो घटना जायिय विभेद कै कारण भएको भन्दै उनले भने कुनै पनि हालतमा पिडकलाई कर्बाही हुनु पर्ने धारणा राखे ।

दमक सुनचाँदी ब्यवसायी संघका अध्यक्ष शेरबहादुर गजमेरले नवराजको परिवारले न्याय नपाएसम्म संघर्ष नरोकिने भन्दै परिआएको अवस्थामा आफुले बनाएको हतियार उध्यान तयार भएको बताए ।

दमक नगरपालिका वडा न. ९ का दलित सदस्य मिना बिश्वकर्माका अनुसार समय अनुसार विभेद गर्ने तरिकामा बदलिएको छ । जुन विभेद भएको पतै हुदैन । उनले थपे समृद्ध नेपालको परिकल्पना सरकाले गरे पनि समता नभए समृद्धि पूरा हुदैन बताए ।

कोणसभाको समापन पछि इलाका प्रहरी कार्यालय दमकमा ज्ञापन पत्र बुझाएको थियो ।

उक्त ६ जनाको नरसंहार हुनेगरी भएको रुकुमको घटना गत १० गते भएको थियो । दलित भनिएका नवराज बिश्वकर्मा र कथित उच्च जाति थनिने सुस्मा मल्ल बिचको प्रेम सम्बन्लाई लिएर भएको भियो । जुन घटनाबाट ४ जनाको ज्यान जानुको साथै दुई जना अझै बेपता रहेको छ ।
तस्बीर :

 

सम्बन्धित खवर