कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ लाख ७७ हजार ४ सय ४ पुग्यो - Mangsebung News
  • मङ्गलबार, बैशाख ११, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ लाख ७७ हजार ४ सय ४ पुग्यो

दमक / कोरोना भाइरस (कोभिड १९) का कारण विश्वभरीबाट मृत्यु हुनेको संख्या ३ लाख ७७ हजार ३ सय ९७ पुगेको छ ।

हालसम्म अमेरिकामा मात्रै मृत्यु हुनेको संख्या १ लाख ६ हजार ९ सय २५ जना पुगेको छ । जुन अन्य देशको तुलनामा अत्याधिक धेरै हो ।

त्यस्तै स्पेनमा २७ हजार १ सय २७, बेलायतमा ३९ हजार ४५, इटलीमा ३३ हजार ४ सय ७५, फ्रान्समा २८ हजार ८ सय २ र ब्राजिलमा ३० हजार ४६ जनाको मृत्यु भएको वल्र्टो्मिटरले अपडेट गरेको छ ।

संक्रमितको संख्या ६३ लाख ६५ हजार ४ सय ७३ पुगेको छ । संक्रमितमध्ये २९ लाख ३ हजार ४ सय १८ जना उपचारपछि निको भएर फर्किएका छन् ।

संक्रमित मध्ये ५३ हजार ४ सय ७ जनाको अवस्था गम्भीर रहेको छ ।

सम्बन्धित खवर