मझुवा खोलाको पुल निर्माण तिब्र गतिमा हुदैं - Mangsebung News
  • शुक्रबार, जेठ ०४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

मझुवा खोलाको पुल निर्माण तिब्र गतिमा हुदैं

माङ्सेवुङ / फाल्गुनन्द मार्ग दमक–चिसापानी–रवि सडक अन्तर्गत माङ्सेवुङ ४ मा पर्ने मझुवा खोलामा नयाँ प्रविधीबाट पुल निर्माणको कार्य संञ्चालन तिब्र गतिमा भईरहेको छ ।

नेपालमा नै भर्खेरै मात्र भित्रिएको आर.एम.सि. प्रविधीबाट दु्रत गतिमा पुल निर्माणको कार्य भईरहेको सडक डिभिजन कार्यलय इलामका सव–ईन्जिनियर तेजनारायण शाहले जानकारी दिए ।

उनले यो प्रविधीबाट काम गर्दा समयको वचत हुने, काम गुणस्तरिय हुने र धेरै जनशक्तिको आवश्यक्ता नपर्ने बताए । ४ करोड ७१ लाख ९६ हजार रुपैँयाको लागतमा पुल निर्माण भइरहेको हो ।

विश्वमहामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण रोकथाम तथा न्यूनिकरणका नेपालमा गत चैत्र ११ गते देखी नै लकडाउन जारी गरिएको छ ।

लकडाउन जारी भएपछि करिव ३ महिना यता विकाश निर्माणका कामहरु समेत ठप्प भएको अवस्थामा झापाको दमक देखी पाँचथरको रवि जोड्ने फाल्गुनन्द मार्ग दमक–चिसापानी–रवि सडकको निर्माण कार्य भने सामाजिक दुरी कायम गर्दे जारी राखिएको छ ।

प्रस्तावित फाल्गुनन्द मार्गमा काम गर्ने कामदारहरु विच सामाजिक दुरी कायम गरेर अहिले द्रुत गतीमा काम भईरहेको छ । सडक अन्तर्गतका खोला खोल्छहरुमा पुल निर्माणको कार्य देखी लिएर बाटालाई बढाउने, बाटाको साईडमा ड्रेन निर्माण गर्ने जस्ता कार्यहरु धमाधम भईरहेको छ ।

सडक निर्माणको कार्य समयमा सम्पन्न गर्न अहिले पनि स्वास्थ्य शुरक्षा सतर्कता अपनाउदैँ काम जारी राखिएको फाल्गुनन्द मार्ग दमक–चिसापानी–रवि सडक उपोभोक्ता समितीका अध्यक्ष गगन पुरीले बताए ।

उनले सकडमा पर्ने मझुवा खोलामा अहिले पुल निर्माण कार्य नयाँ प्रविधिका साथ द्रुत गतिमा भईरहेको बताए ।


इलामको माङ्सेवुङ गाउँपालिका वडा नं. ४ मा पर्ने मझुवा खोलामा पुल निर्माण भईसकेपछि यातायातका साधनलाई पथ सहज हुने अध्यक्ष पुरीले बताए ।

सडकमा अहिले पुल निर्माण कार्यको अलावा बाटाका सतह सम्याउने (कटीङ)को कार्य पनि धमाधम भईरहेको दमक–चिसापानी–रवि सडक उपोभोक्ता समितीका बरिष्ठ उपाध्यक्ष शुशिल राईले जानकारी दिए ।

यसैगरि पुल निर्माण कार्यको आज उपोभोक्ता समितीको एक टोलीले स्थलगत अनुगमन पनि गरेको छ । स्थलगत अनुगमनमा सहभागी टोलीले पुल निर्माण कार्यको गुणस्तरियता सान्तोषजनक रहेको बताएको छ ।

अनुगमनमा उपोभोक्ता समितीका अध्यक्ष गगन पुरी, वरिष्ठ उपाध्यक्ष शुशिल राई, सचिव दिलकुमार लावती, सदस्य विक्रम अधिकारी, समाजसेवी राजकुमार थापा लगायतको सहभागीता रहेको थियो ।

सम्बन्धित खवर