नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु, मृत्यु हुनेको संख्या ११ पुग्यो - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु, मृत्यु हुनेको संख्या ११ पुग्यो


काठमाडौं / कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण नेपालमा थप एक जनाको मृत्यु भएको छ ।

सुर्खेत पञ्चपुरी नगरपालिका वडा नम्बर १ का २० वर्षीय युवकको कोरोनाका कारण मृत्यु भएको पुष्टि भएको हो ।

उनी १४ दिन क्वारेन्टीनमा बसेर घर फर्किएका थिए । उनीसँगै जनता माविको क्वारेन्टाइनमा ५४ जना बसेका थिए । उनीहरुको कोरोना परीक्षण गर्दा तीन जनालाई पोजेटिभ देखियो । मृतक युवासँग बसेका पाँच जनाको रिपोर्ट भने नेगेटिभ आएको थियो ।

क्वारेन्टीनमा उनको आरडीटी परीक्षण गर्दा नेगेटिभ देखिएपछि उनी घर गएका थिए । तर हिजो एक्कासी श्वास प्रश्वासमा समस्या आएपछि उपचारका क्रममा निधन भएको थियो । उनको स्वाव परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो ।

योसँगै कोरोना भाइरसको संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ पुगेको छ ।

सम्बन्धित खवर