विशेष गरी नेपालको १६ औं राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको अनुयायी वृतभित्र माङ्वाहाङ्वा माङसाम्बान, हाङसाम्बान जस्ता किरात धर्म दर्शनस“ग सम्बन्धित शब्दावलीहरु प्रसंगवश बढि मात्रामा प्रयोग हुने गरेको पाईन्छ । कोही कसैको जीवनले कुनै किसिमको उन्नती प्रगति हासिल ग¥यो र भौतिक सुख सुविधा प्रँप्त ग¥यो भने त्यसलाई माङवाहाङवा, वा माङ आशीर्वाद प्राप्त भएको भनेर बुझने गरिन्छ । यसैको ठीक विपरीत कसैको जीवनमा दुःख कष्ठ गरीबी, अभाव वा कुनै किसिमको दुर्घटना आईलाग्यो भने त्यसलाई माङ साम्बान परेको भनेर बुझने गरिन्छ । के यो हाम्रो बुझाई सत्य परक होला ? यहा“ यही विषय केन्द्रीत छोटो चर्चा गर्ने प्रयास गरिन्छ ।
हाम्रो समाजमा माङवाहाङवालाई पद, प्रतिष्ठा र आर्थिकलाभस“ग जोडेर हेर्ने गरिन्छ । माङवाहाङवा शब्दलाई सन्धि विच्छेद गरेर हे¥यौ भने माङवा शब्दको अर्थ देवताको अस्तित्व छ भन्ने हुन्छ भने हाङवा शब्दको अर्थ राजा वा राजनीतिको अस्तित्व छ भन्ने हुन्छ यसरी माङ र हाङ दुवैको एकैसाथ उपस्थितिलाई किरात मुन्धुमी भाषामा माङवा हाङवा भन्ने गरेको पाइन्छ । सायद त्यसैले हो कि हाम्रो नेपाल राष्ट्र लगायत अन्य कुनै कुनै राष्ट्रको (मुद्रा) रुपैया“मा देवताको प्रतिक मन्दिर गुम्बा र राज्यको प्रतिक राजा वा राष्ट्रिय चिन्ह राख्ने गरेको पाइन्छ । वास्तवमा जहा“ धार्मिक प्रणेता र राज नेताहरुको उपस्थिति रहेको हुन्छ, त्यहा“ गरीबी, अभाव, दुःख, कष्ठले उपस्थिति जनाउ“न सक्दैन । उनिहरुको जीवनलाई अनेक सम्भावना र अवसरहरुले पछयाई रहेको हुन्छ । किरात मुन्धुमी भाषामा यस्तो माङवाहाङवाको भागिदार बन्न पाउनको लागि सत्य निष्ठा पूर्वक असल कर्म सम्पादन गर्न अपरिहार्य छ । तर, विचारणीय पक्ष के छ भने, आज सगरमाथाको शिखरमा पैला टेक्न सफल हुनुमा हिजोको बासले निर्धारण गरेको हुन्छ । आजै यात्रा तय गरेर एकै दिनमा त्यहा“ पुग्न सक्दैनौ हामी भन्नुको तात्पर्य यो हो कि आज हामीले जुन प्रकारको उन्नती वा अवन्नति सफलता वा असफलता प्रँप्त गरेको छौ त्यो हिजोको हाम्रो कर्मको फलहरु हुन ।
किरात धर्म आफैमा कर्मवादी दर्शन हो । उसले कुनैपनि व्यक्तिको भाग्यको मूलधार उसैले सम्पादन गरेको कर्ममा निर्भर हुन्छ भन्ने विश्वास गरेको पाइन्छ । त्यसैगरी चौरासी लाख चोला तथा पूर्व जन्म र पुनः जन्म दुवैमा समान विश्वास गरेको पनि पाइन्छ । कर्मको अर्थ काम, कार्य भन्ने बुझिन्छ । विशेष गरी मान्छेले कर्म दुई प्रकारले सम्पादन गरेको हुन्छ । एक सशरीरले खटेर भने दोस्रो बोलेर वचनले । कुनैपनि मान्छेले आफ्नो खेतवारी वा बगैचामा जस्तो विरुवा रोपेको हुन्छ उसले त्यस्तै फल प्राप्त गर्दछ । जस्तै, सुन्तलाको विरुवा रोपेमा सुन्तलानै फल प्राप्त हुन्छ नरिवलको विरुवा रोपेमा नरिवल नै । त्यसैगरी विष र का“डाका विरुवा रोपेमा विष र का“डा नै फल प्राप्त हुन्छ । यो आफैमा प्रकृतिको अकाट्य नियम हो । जस्तो कर्म उस्तै (फल) भाग्य । वास्तवमा भाग्य वा अभाग्य दुःख र सुख यी दुवै आफैले पूर्व जन्ममा गरिएको सतकर्म, असल कर्मको परिणाम सुन्दर र दुखद हुन्छ । सोचनीय कुरा के छ भने, कुनै पनि व्यक्तिको जीवनमा अस्वभाविक रुपमा आर्थिक प्रगति देखियो भने माङवा हाङवा वा माङ आशिर्वाद प्रँप्त भएको भनेर मात्र बुझ्नु सत्य परक हुन सक्दैन । त्यो त उसले आर्थिक लाभ लि“दा र पद प्रतिष्ठाको लाभ लिदा कस्ता बाटोहरु प्रयोग गरेका छन ? त्यसले खुट्टयाउने गर्छ । किनभने, आर्थिक आर्जन र पद प्रतिष्ठा प्रँप्तिका बाटोहरु अनेक प्रकृतिका हुन सक्छन । जस्तै, चोरी, डकैती, श्रम शोषण, भ्रष्टचार, हत्याहिंसा, घुसपैठ षडयन्त्र आदि । यस्तो कर्मबाट आर्जन भएको पद प्रतिष्ठा धन सम्पतिलाई माङवा हाङवाकोे परिभाषा लगाएर बुझनु कदापी मिल्दैन । किरात धर्मदर्शनले यस्तो (कर्म) बाटो अपनाएर कुनै किसिमको लाभ लिन कही कतै अनुमति दिएको छैन् ।
कुनै एकजना व्यक्तिले आफ्नो जीवनको उतराद्र्धमा सुन्तलाको विरुवा रोपेर हुर्काइ बढाइ फल उपभोग गर्ने समयमा मृत्यु ग्रहण ग¥यो र पुनः जन्म लियो भने, त्यसले विना परिश्रम सुन्तलाको फल खान पाउ“नु कुनै आश्चर्य र अस्वभाविकै मान्नु पर्दैन किनभने उसले त पुर्वजन्मको आफ्नै मिहेनतको फल खाएको हो नी । यसैलाई अर्को भाषामा भाग्य वा प्रारब्ध भन्ने गरिन्छ । एवं प्रकारले संसारमा मान्छेहरुले आ–आफ्नो स्थानबाट सशरीर र वचनले कर्म सम्पादन गरेर मृत्यु ग्रहण गरेका हुन्छन । सशरीर खटेर गरिने कर्ममा भन्दा वचनले गरिने कर्ममा अधिक शक्ति र प्रभाव रहेको हुन्छ । यसरी बोलेर वचनले कर्म सम्पादन गर्नेहरुमा ठूल्ठूला पदधारण गर्ने, शक्तिकेन्द्रमा आसिन सरकार वा राज्य प्रमुखहरु पर्दछन् । दृष्टान्तमा एक जना न्यायधिसले कुनै किसिमको प्रलोभनमा परेर सही न्याय दिन सकेन भने, त्यहा“ जनताहरुले अन्यायको पीडा भोग्नु पर्छ ।
त्यस्तै एक सरकार प्रमुखले गलत निर्णय ग¥यो भने, त्यस राष्ट्रका सारा जनताहरुले गलत निर्णयको दुःखद परिणाम भोग्नु पर्छ । यसरी उसले शक्ति र अवसरको गलत प्रयोग गरेर (पुनःजन्म) भविष्यको लागि दुःखको विउ छरिएको हुन्छ । तर, यही“ शक्ति र अवसरलाई सही निर्णयमा उपयोग गर्न सकेको खण्डमा तिनै जनताहरुले सुख, शान्ति, आनन्द, समृद्धि र आत्मसम्मानको अनुभव गर्न पाएको हुन्छ । नैतिकता, सदाचारिता, इमान्दारिता, निश्चतता, हार्दिकता, पारदर्शीता पुर्ण गरिने कार्यहरु सत्कर्म भित्र पर्दछन । यस किसिमको सम्पन्न गरिने सबै कर्महरुले सुख, शान्ति समृद्धि र आनन्दको परिणाम दिन सक्छन । तर, यसका विपरीत अनैतिक, वेइमान र अपारदर्र्शी पूर्ण गरिने कर्महरुले दुःखद परिणाम बाहेक अरु केही दिन सक्दैन । अर्को कुरा खराब उद्देश्य पुर्तिका लागि सा“झ विहान शंख, घण्टी, ढोलबाजाको मधुर आवाज गुञ्जाएर पूजापाठ गर्दैमा, ठूलाठूला लाधुङसेमी गरेर गौदान द्रब्यदान गर्दैमा सत्कर्म हुन सक्दैन । सत्कर्म त्यसलाई मात्र भन्न सकिन्छ, जुन कर्मको उद्देश्य पूरापुर सत्यमा आधारित रहेको होस ।
हामीले इतिहासलाई फर्केर हे¥यौ भन,े पशुवली देखि नरवली सम्मका यज्ञहोमादी तथा धार्मिक कृत्यहरु देख्न पाउ“छौ । त्यत्तिमात्र होइन् राणा सरकारकालमा जनताहरुलाई दिनसम्म दुःख दिएर प्रायश्चित स्वरुप अनेक देवि देवताको मठ मन्दिर धाउ“ने गरेको धार्मिक अनुष्ठानहरु सम्पन्न गरेको यर्थाथ ईतिहास सिद्ध छ । शाहवंशीय राजा र उनका मतियारहरुले लिम्बुवानको किपट भूमिलाई हात लिन लिखित तमसुकमा शुन्य अंंक थपेर प्रँयश्चित स्वरुप सप्तपुराना लगाउ“दै आएको इतिहास पनि आलो तातै छ । यी धार्मिक कृत्यहरुको भित्री उद्देश्य नै खराब भएकोले यसलाई सत्कर्म भन्न कदापि मिल्दैन् । यस किसिमको उद्देश्य राखेर धार्मिक कृत्य गर्नु वस्तुत अपराध सिवाय अरु केही हुन सक्दैन । धर्मको पवित्र आवरण भित्र यस प्रकृतिका पाप कर्म (लायो खाजोङ)हरु लुकेर छिपेर बसेका छन भने हामी माङवाहाङवाको आधिकारिक भागिदार बन्न सक्दैनौं । किनभन,े माङवाहाङवा भन्ने वस्तु हामीले नभई हाम्रँे कर्मले प्रँप्त गर्ने हो । एवं प्रकारले माङसाम्वान पनि कर्मको आधारमा नै प्रँप्त हुने हो । यद्यपी, माङवाहाङवा कसैले किनेर किनिन्ने, वेचेर वेचिन्ने वस्तु पनि होइन् । यदि किन्दा किनिन्ने वेच्दा वेचिन्न,े चोर्दा चोरिन्ने, वस्तु हु“दो हो त पाप र धर्मको के मतलब हुन्थ्यो र । जो स“ग पैसा हुन्थ्यो उसैले धेरै माङवाहाङवा किन्ने थियो नी । पैसा त अहिलेको जमानामा भ्रष्टचारी, शोषण, चोर, चण्डालस“ग कमि होला र ? तर्सथ, माङवाहाङवा भन्ने वस्तु बिना सत्कर्म, बिना असल कर्म सम्भव छैन् । सत् कर्म भनेको कर्ममा शुद्धता हो, पारदर्शीता हो ।
निश्चय नै पनि सत्मार्गको यात्रा लामो र घुमौरो हुन सक्छ । तसर्थ, सत्मार्गीको लागि धिरताको आवश्यक पर्छ । तर यहा“ कतैबाट आक्रमण हुने वा चिप्लिने, लड्ने, ढल्ने जस्ता डर रहन्दैन किन कि आफैमा सत्मार्ग हो । डर त्यहा“ मात्र रहेको हुन्छ जहा“ असत्यको बास वा लवलेश रहेको हुन्छ । सत्मार्गीको लागि गन्तव्य निश्चित छ भलै विलम्ब होला । छोटो बाटोलाई नेपाली समाजमा चोर बाटो पनि भन्ने गरिन्छ । यसो भन्नुमा आफ्नै मौलिक विशेषता रहेको होला नेपाली भाषा र समाजमा । तथापी, चोरबाटो सत्मार्ग भन्दा विपरीत हिड्ने बाटोको नाम हो । चोरबाटोको यात्रा आफैमा अनिश्चित र जोखिमपूर्ण छ । तर पनि आजका पुस्ताले यही बाटोलाई आफ्नो जीन्दगी हि“डाउने मूल बाटो बनाएको देखिन्छ । हामी (किरात धर्मावलम्बी) महागुरु फाल्गुनन्दका अनुयायीहरु पनि वाह्य परिधानले पृथक हुन् खोजेता पनि कर्मगत दृष्टिले हेर्दा यही“ बाटोको यात्री बनिरहेको छांै जस्तो लाग्छ । यदि यो बाटोलाई बदलेर सतमार्गमा हिडेनौं भने, माङवा हाङवाको फल फलेको ठाउ“मा कहिल्यै पुग्न सक्दैनौं । सत्यहाङमा महागुरु फाल्गुनन्दको अनुयायी वृत भित्र प्रवेश गरेर दृष्टि फैल्याउ“दा अनेक प्रकृतिका परिदृष्यहरु देख्न सक्छौ हामी । कतिपय वरिष्ठ साङदाङगेन वरुमसाबा तथा जिम्मेवार धार्मिक कार्यकर्ताहरु स्वंयम पनि छिमेकीस“गको एकै विता सा“धसिमानाको विषयलाई लिएर अदालत धाई रहेको यर्थाथहरु देख्न पाउ“दा दुःख लाग्छ । आफुले मद्मदिरा तथा मासुमंस त्यागेर भोलिपल्टबाटै त्यस्ता व्यक्तिले छुई तयार गरेको चिया नास्ता अशुद्ध भएको ठानी सेवन नगर्ने, आफुलाई उपल्लो विशिष्ट श्रेणीको भक्तजन ठान्ने आडम्बरी प्रवृतिहरु पनि प्रसस्त देख्न पाइन्छ । यस्ता प्रवृतिहरुले समुदायमा विभाजनका रेखाहरु कोर्ने छ नै, विश्व मानव एक हौं भन्ने नारालाई समेत संकटमा पारिदिन्छ । त्यति मात्र होइन, गुरुज्यूको एक दुई पटकको दर्शन पश्चात आफुलाई गुरुज्यूको विशेष अनुग्रह प्रँप्त शिष्यको रुपमा बुझ्ने भक्तजनहरुको संख्या पनि कमि छैन् । हाम्रँे धार्मिक संगठन भित्र । त्यस्ता (भक्त) व्यक्तिहरुले अरुलाई साधारण भक्तजनहरुको रुपमा हेर्ने बुझने गर्छ । यानेकी तल्लो दर्जाको भक्त । यस्तो प्रवृति, दृष्टिकोण राख्नु आफैमा सत्कर्म हुन सक्दैन । यस प्रकृतिका प्रवृतिहरु किरात धर्मको आस्थाको केन्द्र माङसेबुङ परिसर भित्र पनि कमि छैन् । माङसेबुङलाई केवल धार्मिक आस्थाको केन्द्रको रुपमा मात्र बुझ्न हुदैन ।
किरात धर्मको लागि त धार्मिक विश्व विद्यालय पनि हो भने कुरा बुझ्नु जरुरी छ । तसर्थ त्यहा“का हरेक क्रियाकलापहरु, धार्मिक विश्व विद्यालय पनि हो भन्ने कुरा बुझनु जरुरी छ । तसर्थ त्यहा“का हरेक क्रियाकलापहरु, धार्मिक, सामाजिक व्यावहारहरु बोलीचाली, चालचलन आहार विहारहरु आर्दशमय र अनुकरणीय हुन आवश्यक छ । सत्य निष्ठ हुन जरुरी छ । हामीले महागुरु फाल्गुनन्दका चेला हु“ भनिरहन्दा उहा“को बहुमूल्य सिवाखाहुन उपदेशबाट कतै टाढा पो भाग्दै छौं कि, आफैमा आत्म समिक्षाको उतिकै आवश्यक छ । किनभने, ति मूल्यवान सिवाखाहुन उपदेशबाट भागेर माङवाहाङवाको आधिकारिक भागिदार हामी बन्न सक्दैनौं । कसैको जीवनले व्यहोर्दै गरेको दुःख, कष्ठ या कुनै किसिमको दुर्घटनालाई माङसाम्बानको परिभाषाले बुझ्दै गर्दा, आफ्नो कर्मको पनि समिक्षा गर्नु झनै् आवश्यक छ । किनभने, त्यसरी बुझनु पनि त कर्म नै हो । हामीले गरेको कर्म र बोलेको वचनको धरातल सत्य छ वा छैन् समिक्षा हुनु पनि उतिकै छ जरुरी छ । हामी कहा“ अरुलाई हेर्ने आ“खाहरु मात्र खुलेका छन् । आफूले आफैलाई हेर्ने र देख्ने आ“खाहरु अद्यपि खुल्न सकेको छैन् । त्यसै कारण आफ्नो भन्दा अरुको बढि टिप्पणी गर्ने गर्छौ हामी यसो हु“दा म कहा“ छु र को हु“ भन्ने कुरा ठम्याउ“न गाह्रो भई रहेको अनुभव हुने गरेको छ । किरात धर्म दर्शनले मानव जीवनप्रति विशेष महत्व दिएको पाइन्छ । हामीले पाईरहेको मानव चोला पाउ“नको लागि अनेक जीवजन्तु तथा वनस्पतिहरुको चोला पार गनु पर्छ भन्ने दर्शनको मान्यता रहेको छ । स्वंयम महागुरु फाल्गुनन्द पनि सम्वत १९७६ सालमा पल्टनमा रहनुभएको वेला एकरात समाधि चढेको अवस्थामा जंगलका रुखपात बोट वृक्ष आफुले पुर्व जन्ममा ठूलो पाप कर्म गर्दा यस्तो रुखपात बोट वृक्षको जुनी लिनुपरेको भन्दै आपसमा सम्वाद गरिरहेको सुन्नु भएको वर्णन उहा“को जीवनीमा पढ्न पाउ“छौ हामी । त्यसो त सबै मान्छे उस्तै हु“दैन । मान्छे कर्म कै आधारमा राक्षस, भुत हुन्छ भने, कर्मकै आधारमा देवता पनि । एउटा आमाले एकैदिन एकै समयमा जन्माएर एउटै दुध चुसाएर हुर्के बढेको एउटै विद्यालयमा एउटै शिक्षकले एकैसाथ पढाएका वच्चाहरुको बीचमा पनि ठूलै फरक पाउ“न सक्छौ । यसरी उनीहरुलाई समान हुन नदिई फरक बनाउ“ने तत्व उनीहरुको पुर्वजन्ममा गरेको कर्मको कारण हो भन्छ किरात धर्म दर्शनले । किरात धर्म दर्शनले तिमी मान्छेहरु मान्छेबाट पुन मान्छे नै हुने कि, अन्य जीव जन्तु बन्ने ? यात देवता बन्ने ? सुखी सम्पन्न हुने कि दुःखी खरिद्र हुने ? बाटो रोज्नलाई स्वतन्त्र छौ जुन बाटो रोज्छौ त्यही“ पुग्ने छौं भन्छ । माङवाहाङवा वा माङसाम्वान माङआशिर्वाद सबै कर्मको आधारमा मात्र प्राप्त हुन्छ । बिना कर्म कुनै पनि फल प्रँप्त हुन सक्दैन भन्छ किरात धर्म दर्शनले । तसर्थ हामी प्रत्येक मानवले आजैदेखि आफ्नो कर्मलाई सत्यहाङमा महागुरु फाल्गुनन्दको वहुमुल्य सिवाखाहुन उपदेशको पवित्र सावुन पानी हालेर सफा गर्दै अघि बढाऔ, यसैमा हाम्रँे कल्याण छ । यसमा माङवा हाङवाको मिठो फल फल्ने छ ।