
.
माङसेबुङ । नेपाल आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत ओडिआई शृंखलाको आफ्नो दोस्रो खेलमा यूएईसँग हार बेहोरेकोे छ ।
बिहीबार भएको खेलमा नेपाल यूएईसँग ५ विकेटले हार बेहोरेको हो । यो शृंखलामा नेपालको लगातार दोस्रो हार हो ।
नेपालले दिएको २३४ रनको लक्ष्य यूएईले ४३ ओभर ३ बलमा ५ विकेटको क्षतिमा पूरा ग¥यो ।
यूएईको जितमा ओपनर आर्यन्श शर्माले सर्वाधिक ९८ रन बनाए । अलिशान सराफुले ४५ तथा मुहम्मद वासीमले २६ रन बनाए ।
नेपालका लागि सन्दीप लामिछानेले २ विकेट लिए । करण केसी र दीपेन्द्रसिंह ऐरीले १–१ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले कप्तान रोहित पौडेलको शतकमा ५० ओभरमा अलआउट हुँदै २३३ रन बनाएको थियो ।
रोहितले १०९ रन बनाए । यस्तै आसिफ शेखले ३५ रन, आरिफ शेखले २७ रन तथा दीपेन्द्रसिंह ऐरीले २३ रन बनाए ।
यूएईका लागि जाहिद अलीले सर्वाधिक ४ विकेट लिए । जुनेद सिद्दिकीले ३ विकेट लिए । मुहम्मद रोहिद र हैदर अलीले १–१ विकेट लिए ।







