राज शुक्रको निर्देशनमा स्वस्तिकाको ‘कस्तो माया लाए मैले’ सार्वजनिक - Mangsebung News
  • शनिबार, माघ १८, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

राज शुक्रको निर्देशनमा स्वस्तिकाको ‘कस्तो माया लाए मैले’ सार्वजनिक

  • आन्छुमे नसान

माङसेबुङ । गायिका स्वस्तिका सावादेन लिम्बूको आवाजमा मर्मस्पर्शी गित ‘कस्तो माया लाए मैले’ सार्वजनिक गरिएको छ ।

गायक तथा सांगीतकार राज शुक्र लिम्बूको निर्देशनमा गित ‘कस्तो माया लाए मैले’ म्युजिक भिडियो मनोरञ्जन नेपाल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

लक्षमण सावादेनको शव्द तथा राज शुक्र लिम्बूकै संगीत रहेको गितको संगीत संयोजन अशोक थापाले गरेका हुन् भने कव्या रेकर्डस्मा रकर्डिङ गरिएको हो ।

मुहा मगरको छायांकन तथा सम्पादन र अशोक मण्डलको मेकअप रहेको भिडियोमा प्रकाश सावादेन लिम्बू, मिना नेम्बाङ र अन्जिता राईको अभिनय रहेको छ ।

भिडियोमा श्रीमान र श्रीमतीविचको पे्रमिल सम्बन्धमा अचानक विग्रिएपछिको दुख पिडालाई रोचक तवरले प्रस्तुत गरिएको छ ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर