झापा महिला गोल्डकपमा पुलिसको फराकिलो जित - Mangsebung News
  • मङ्गलबार, कार्तिक १९, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

झापा महिला गोल्डकपमा पुलिसको फराकिलो जित

माङसेबुङ । विभागीय टोली नेपाल पुलिस क्लबले एलभिडी झापा महिला गोल्डकपमा फराकिलो जित हासिल गरेको छ ।

आज झापाको शिवसताक्षीमा भएको उद्घाटन खेलमा चर्च ब्वाइज युनाइटेडलाई ८–० को फराकिलो गोल अन्तरले हराउँदै पुलिस सेमिफाइनलमा प्रवेश गरेको छ ।

पुलिसको जितमा मिना देउवाले ५ गोल र रेखा पौडेलले ह्याट्रिक पूरा गरे ।

खेलको प्लेयर अफ द म्याच पुलिसकी मिना देउबा भइन् । उनले नगद १५ हजार र ट्रफी पाइन् ।

भोलिको दोस्रो क्वार्टर फाइनल खेल एपिएफ फुटबल क्लब काठमाडौं र सिंग्लिङ स्पोर्टिङ क्लब सिक्किमबीच हुनेछ ।

दुधे रंगशालामा जारी प्रतियोगिताको फाइनल खेल कात्तिक २४ गते हुनेछ ।

प्रतियोगिताको विजेता टिमले नगद १० लाख १० हजार रुपैयाँ पाउनेछ । उपविजेताले भने नगद पाँच लाख रुपैयाँ पाउनेछ ।

यस्तै सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख ५० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

 

 

सम्बन्धित खवर