
माङसेबुङ । नेपालले यूएईमा जारि आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओडिआई शृंखलामा लगातार तेस्रो हार बेहोरेको छ ।
नेपाल शनिबार दुबईस्थित आईसीसी एकेडेमीमा भएको खेलमा अमेरिकासँग ४ विकेटले हार बेहोरेको हो ।
नेपालले दिएको २७२ रनको लक्ष्य अमेरिकाले ४९ ओभरमा ६ विकेटको क्षतिमा पूरा ग¥यो ।
अमेरिकाका लागि साइतेजा मुक्कमल्लाले सर्वाधिक ७५ रन बनाए । यस्तै मिलिन्द कुमारले ७० रन र शयान जहागिरले ३६ रन बनाए ।
नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए । यस्तै नन्दन यादव, करण केसी र गुल्शन झाले १–१ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४९ ओभर ५ बलमा अलआउट हुँदै २७१ रन बनाएको थियो ।
दीपेन्द्रले ऐरीले सर्वाधिक ७५ रन बनाए । यस्तै करण केसीले ४९ रन, कुशल भुर्तेलले ४७ रन, भीम सार्कीले ४३ रन र कप्तान रोहित पौडेलले ३६ रन बनाए ।
अमेरिकाका लागि हर्मीत सिंहले सर्वाधिक ३ विकेट लिए । यस्तै सौरभ नेत्रभल्कर र नोशथुस केन्जिगेले २–२ विकेट लिए भने जसदिप सिंह र शुभम रन्जानेले १–१ विकेट लिए ।







