कोरोना संक्रमित २ सय ७८ जना थपिए, संक्रमित संख्या २९ सय १२ पुग्यो - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कोरोना संक्रमित २ सय ७८ जना थपिए, संक्रमित संख्या २९ सय १२ पुग्यो


काठमाडौं / कोरोना भाइरस (कोभिड १९) को संक्रमित २ सय ७८ जना थपिएका छन् ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयक प्रवक्ता डा. विकास देवकोटाले नियमित प्रेस ब्रिफिङमा २ सय ७८ जना नयाँ कोरोना संक्रमित थपिएको जनकारी गराएका छन् । यससँगै नेपालमा जम्मा संक्रमितको संख्या २९ सय १२ पुगेको छ ।

प्रवक्ता देवकोटाका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा २७८ जना थपिएका हुन ।

नेपालमा कोरोना संक्रमितमध्ये ११ जनाको निधन भएको छ भने ३ सय ३३ जना निको भएर घर फर्किएका छन् ।

सम्बन्धित खवर