कोरोना संक्रमित ३ सय १४ जना थपिए - Mangsebung News
  • शनिबार, जेठ ०५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कोरोना संक्रमित ३ सय १४ जना थपिए


काठमाडौं / कोरोना भाइरसको संक्रमित सोमबार ३ सय १४ जना थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले ३ सय १४ जना थपिए संगै नेपालमा कोरोना संक्रमित संख्या ख्या ३ हजार ७ सय ६२ पुगेको जानकारी दिएका छन् ।

सोमबार थपिएका ३१४ संक्रमितमा २९४ पुरुष र २० जना महिला रहेका छन् ।

त्यस्तै सोमबार डिस्चार्ज हुने २१ जना छन्। जसमा महिला १ जना र पुरुष २० जना छन् । उनीहरुमध्ये खजुरा बाँकेबाट २० जना डिस्चार्ज भएका छन् ।

उनका अनुसार नेपालमा कोरोना संक्रमितका कारण मृत्यु हुनेको संख्या १४ पुगेको छ भने ४ सय ८८ जना निको भएर घर फर्किएका छन् ।

सम्बन्धित खवर