इलाममा पहिलोपटक कोरोना संक्रमण पुष्टि, संक्रमित जिल्ला ७२ पुग्यो - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इलाममा पहिलोपटक कोरोना संक्रमण पुष्टि, संक्रमित जिल्ला ७२ पुग्यो

इलाम  / इलाम जिल्लामा पहिलो पटक एक जनामा कोरोना भाइरस(कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा संक्रमित जिल्ला ७२ पुगेको छ ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार संक्रमित व्यक्ति सूर्योदय नगरपालिका समाल्बुङका २६ बर्षिय युवामा संक्रमण पुष्टि भएको हो ।

उनको कोशी अस्पताल बिराटनगरमा गरिएको परिक्षणमा पिसिआर टेष्ट पोजेटिभ देखिएको हो । सूर्योदय नगरपालिका समाल्बुङका २६ बर्षिय ति युवाभारतको चेन्नाईबाट आएका हुन् ।

उनलाई उपचारको लागि पुर्वाञ्चल विश्वविद्यालय गोठगाउँमा रहेको अस्पतालमा पठाइएको स्वास्थ्य कार्यालय इलामका प्रमुख बृजकुमार दासले जानकारी दिए ।

सम्बन्धित खवर