पिसिआर परिक्षणका लागि इलामका पत्रकारको स्वाब संकलन - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पिसिआर परिक्षणका लागि इलामका पत्रकारको स्वाब संकलन


इलाम / विश्व कोरोना भाइरस(कोभिड(१९) को महामारीबाट गुज्रिरहेको अवस्थामा अग्रपंक्तिमा रहेर काम गर्ने इलामका पत्रकारहरुको स्वाब संकलन गरिएको छ ।

जिल्लामा रहेर कोरोना महामारीको स्थलगत समाचार संकलनमा खटिएका पत्रकारको कोरोना परीक्षणका लागि स्वाव संकलन गरिएको नेपाल पत्रकार महासंघ प्रदेश १ का उपाध्यक्ष सोमनाथ सुसेलीले जानकारी दिए ।

जिल्लाका क्रियाशिल १५ जना पत्रकारको स्वाब संकलन गरिएको छ । स्वाब संकलन गरिएकाको रिपोर्ट आउन केही दिन लाग्ने स्वास्थ कार्यालयले इलामले जनाएको छ । संकलन गरिएको स्वाब परीक्षणका बिराटनगर पठाइएको स्वास्थ्य कार्यालय इलामका प्रमुख बृज कुमार दासले जानकारी दिए ।

बुधवार स्वास्थ्य कार्यालय इलामको आयोजनामा इलाममा पत्रकार, सुरक्षाकर्मी , सफाईकर्मी र जिल्लाको सदरमुकाममा रहेको क्वारेनटाईनमा रहेका गरी जम्मा ६० जनाको स्वाब संकलन गरिएको थियो ।

सम्बन्धित खवर