साहित्यकार नाल्बोलाई पितृ शोक - Mangsebung News
  • शुक्रबार, चैत १६, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

साहित्यकार नाल्बोलाई पितृ शोक


दमक / लिम्बू भाषा साहित्यमा विगत ३ दशक देखि निरन्तर कलम चलाउदै आएका साहित्यकार तथा गीतकार सेसेमी से नाल्बोलाई पितृ शोक परेको छ ।

नाल्बोका पिता फकितबहादुर नाल्बोको ७४ वर्षको उमेरमा निधन भएको हो ।

उनलाई मुटु सम्बन्धी समस्या भएकोले उपचारका लागि दमकको एड्भान्स हस्पिटल र वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रािष्ठान धरानमा पुर्याइएको थियो ।

त्यहाँ पनि उनको स्वास्थ्य स्थिती अझै नाजुक बन्दै गएपछि सोमबार दमक १, स्थित सिरीजंगा टोलमा रहेको जेठा छोरा सेसेमीको निवासमा ल्याईएको थियो । मंगलबार बिहान उनको निधन भएको हो ।

वि.सं. २००३ साल भदौं १ गते तुम्बेवा गाउँपालिका २, (साविक मौवा ९) नेन्दीबुङ् पान्थरमा जन्मिएका नाल्बोका ४ छोरा र ३ छोरी रहेका छन् ।

मृतक नाल्बोको अन्त्येष्टी किरात धार्मिक मृत संस्कार अनुसार गरिने परिवारले जनाएको छ । उनको अन्त्येटी कमल गेउरीयामा मंगलबार दिउँसो २ बजे गरिने छ ।

सम्बन्धित खवर