थप ३ सय ८० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६ हजार ५ सय ९१ पुग्यो - Mangsebung News
  • मङ्गलबार, असार २४, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

थप ३ सय ८० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६ हजार ५ सय ९१ पुग्यो

काठमाडौं / नेपालमा थप ३ सय ८० जनामा कोरोना भाइरस(कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना भाइरस(कोभिड–१९) संक्रमितको संख्या ६ हजार ५ सय ९१ पुगेको छ ।

मंगलबार मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न जिल्लामा नयाँ ३ सय ८० सहित देशैभर कोरोना संक्रमितको संख्या ६ हजार ५ सय ९१ पुगेको जानकारी दिए ।

गौतमका अनुसार महोत्तरीमा ८९ जना, दाङका ५६, रौतहटका ५२ जना, कैलालीका २३, बैतडीका २१, डोटी २०, धनुषा २१ सर्लाही १६, कञ्चनपुर ११ र गोरखाका १० जना, अर्घाखाँची ९ जना, बर्दियाका पनि ९ जना, दैलेखका ५, रुपन्देहीका ४ जना, स्याङ्जाका ४ जना र सुर्खेतका ४ जना, नवलपुर ३, कास्की ३, र सप्तरीका ३ जना मा संक्रमण भएको छ ।

यसरीनै सुनसरी, सिरहा, पर्सा, तनहुँका २र२ जना तथा काठमाडौं, झापा, मोरङ, बाँके, पाँचथर, रोल्पा, बाग्लुङ, रामेछाप, सल्यान, अछामका १र१ जनामा संक्रमण भएको गौतमले बताए ।

यसैगरि पछिल्लो २४ घन्टामा १ सय १७ जना उपचारपछि घर फर्किएका छन् । यो संगै नेपालमा निको हुनेको संख्या १ हजार १ सय ५८ पुगेको छ भने १९ जनाको मृत्यू भएको छ ।

सम्बन्धित खवर