ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकमा पहिरोले स्कुल बगायो - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकमा पहिरोले स्कुल बगायो

ताप्लेजुङ / पहिरोले ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–४ ईखावुस्थित रानी आधारभूत विद्यालय भवन बगाएको छ ।

मङगलबार राति गएको पहिरोले फक्ताङलुङ गाउँपालिका–४ ईखावुस्थित रानी आधारभूत विद्यालयको चार कोठे भवन बगाएको हो ।

स्थानीय रेन्जिङ तामाङको घर छेऊबाट झरेको पहिरोले स्थानीयवासीका पशु चौपायासमेत बगाएको छ भने बालीनालीमासमेतमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख महेन्द्र श्रेष्ठले जानकारी दिए ।

पहिरो गएको क्षेत्रमा तापेथोक प्रहरी चौकिबाट प्रहरीको टोली गएको तथा पहिरोले पारेको क्षतिको विस्तृत वितरण भने आउन बाँकी रहेको जनाइएको छ ।

सम्बन्धित खवर