माङसेबुङमा देवर भाउजु एउटै रुखमा झुन्डिएको अवस्थामा भेटिए - Mangsebung News
  • शनिबार, बैशाख ०८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माङसेबुङमा देवर भाउजु एउटै रुखमा झुन्डिएको अवस्थामा भेटिए

माङसेबुङ / इलामको माङसेबुङ गाँउपालिका–६ स्थित टोड्केमा देवर भाउजु झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

इलामको माङसेबुङ–६, मावाटोलका २७ बर्षीय बिशाल राई र उनकै भाउजु २६ बर्षीया गिता राई झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

शुक्रबार बिहान कसैलाइ नसोधी घरबाट निस्केका देवर भाउजु बेलुकासम्म घर नफर्केपछि आफन्तले खोजी गर्ने क्रममा घरदेखि करिव ७ सय मिटर टाँडा दारजातको रुखको एउटै हांँगामा प्लाष्टिकको डोरीको पासो लगाइ झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।

उनीहरु एउटै रूखको हाँगोमा डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा मृत फेला परेको घटनास्थल पुगेको मंगलबारेस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक (इन्सपेक्टर) राजकिशोर साह तेलीले जानकारी दिए ।

इन्सपेक्टर साहकाअनुसार उनीहरू सहोदर देवर–भाउजु रहेको र दुवै विवाहित हुन् । भाउजुको पति रोजगारीका लागि विदेशमा रहेको जनाएको छ ।

शुक्रबार राति नै मृतक दुवै जनाको शव पोस्टमार्टमका लागि पाँचथरको रविस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको र घटनाको प्रकृति हेर्दा आत्महत्या नै जस्तो देखिएको तर थप अनुसन्धान भइरहेको इन्सपेक्टर साहले बताए ।

सम्बन्धित खवर