काठमाडौं / नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई सात वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने प्रस्ताव प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले बहुमतले पारित गरेको छ ।
आइतबार सिंहदरबारमा बसेको समितिको बैठकले नेपाली नागरिकसँग विवाह गरेर आएका विदेशी महिलाहरुको नागरिकताको हकमा सात वर्षे प्रवाधानसहित नागरिकता ऐन संशोधन विधेयक पारित गरेको हो ।
नागरिकता ऐन २०६३ अनुसार भने विवाह गरेर आएकी महिलाले आफ्नो देशको नागरिकता त्यागेलगत्तै नेपाली नागरिकता पाउँदै आएका थिए ।
विधेयक अब संसदमा प्रस्तुत हुनेछ । विधेयकमा सहमति जुट्न नसक्दा लामो समयदेखि समितिमै रोकिएको थियो ।
प्रमुख प्रतिपक्षी दल कांग्रेस र जनता समाजवादी पार्टीको फरक मत
नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई सात वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने प्रस्ताव प्रस्तावमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले भने फरक मत राखेका छन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विदेशी महिलाले विवाहलगत्तै अंगीकृत नागरिकता प्राप्त गर्न सक्ने अहिलेकै प्रावधानको पक्षमा अडान दोहो¥याएको छ ।
यसैगरि जनता समाजवादी पार्टीपनिे अहिलेकै प्रावधान अनुसार विवाहलगत्तै अंगीकृत नागरिकता प्राप्त गर्न सक्ने प्रावधान राख्नुपर्ने अडानमा छन् ।