काठमाडौ / कोरोना भाइरस संक्रमणका नेपालमा थप एक जना मृत्यु भएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत स्याङ्जा सिरुवारीका ५५ वर्षीय पुरूषको बुधवार राती मृत्यु भएको हो । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २५ पुगेको छ ।
कोरोना संक्रमित ती पुरुषमा मधुमेह र निमोनियाको पनि समस्या रहेको समेत अस्पतालले जनाएको छ ।
प्रतिष्ठानका निर्देशक सह प्राध्यापक डा. अर्जुन आचार्यका अनुसार गत असार ८ गते अस्पतालमा भर्ना भएका उनलाई सघन कक्षमा राखेर उपचार भइरहेको थियो ।