आत्मा पवित्र बस पार्क र चिडियाखानाको डि.पि.आर सम्पन्न - Mangsebung News
  • शनिबार, बैशाख ०८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आत्मा पवित्र बस पार्क र चिडियाखानाको डि.पि.आर सम्पन्न

निर्माणाधीन आत्मा पवित्र बस पार्क

माङसेबुङ / धार्मिक पर्यटकीय तिर्थस्थल माङसेबुाङमा आत्मा पवित्र बस पार्क निर्माण हुने भएको छ । बस पार्क निर्माणका लागि बुधबार विस्तृृत परियोजना सर्वेक्षण (डि.पि.आर) गरिएको हो ।

इलामको माङसेबुङ गाउँपालिका वडा नं. ३ र ५ मा निर्माण हुने सो बस पार्क निर्माणका लागि प्रदेश सरकार सहरी विकास तथा भवन कार्यालय इलामले विस्तृृत परियोजना सर्वेक्षण गरेको बस पार्क निर्माण समितिका अध्यक्ष राजेन्द्रविक्रम खजुमले बताए ।

अध्यक्ष खजुमका अनुसार सहरी विकास तथा भवन कार्यालय इलामबाट प्राप्त २५ लाखको काम सम्पन्न गरी थप ३० लाख रुपैंयाँ पाएको रकमले माटो काट्ने र पर्खाल लगाउने काम भइरहेको छ ।

यसरी निर्माण गरिने बसपार्कसँगै किरात हाङसाम मुजोत्लुङ माङहिममा जाने पक्की सिढी, भ्यू टावर, बगैंचा, पार्टी प्यार्लेस र बस पार्कमा आवश्यक सम्पूर्ण भवन लगायतका संरचनाहरु निर्माण गरिने किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङको भनाई छ ।

निर्माणाधीन पवित्रहाङमा चिडियाखाना

त्यसैगरी निर्माणाधीन पवित्रहाङमा चिडियाखानाको पनि विस्तृृत परियोजना सर्वेक्षण (डि.पि.आर) गरिएको छ । करिब ४० लाख लगानीमा निर्माण सामग्री तार जाली, पोलहरु ल्याइसकेको र निर्माण कार्य समेत प्रारम्भ भईसकेको चिडियाखानालाई बुधबारनै सर्वेक्षण गरिएको हो ।

विभिन्न जातजातिका जीवजन्तु, पशुपंक्षिको छुटाछुटै बाँसस्थान, पोखरी, गेट, भवन लगायतका संरचनाहरु निर्माण गरिने फाल्गुनन्द धार्मिक वनका अध्यक्ष तथा चिडियाखाना निर्माण समितिका अध्यक्ष केहेरसिं योङहाङले बताएको छ ।

इलामको माङसेबुङ गाउँपालिका वडा नं. ३ र ५ मा कार्य क्षेत्र रहेको फाल्गुनन्द धार्मिक वनको क्षेत्राधिकारमा रहने गरी पवित्रहाङमा चिडियाखानाको स्थापना हुँदै गरेको किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष समेत रहेका चिडियाखाना निर्माण समितिका अध्यक्ष योङहाङको भनाई छ ।

सम्बन्धित खवर