चाम्लिङ भाषालाई खोटाङको तुवाचुङ नगरपालिकामा सरकारी कामकाजको भाषामा प्रयोग - Mangsebung News
  • सोमबार, असार २३, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

चाम्लिङ भाषालाई खोटाङको तुवाचुङ नगरपालिकामा सरकारी कामकाजको भाषामा प्रयोग

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा सरकारी कामकाजको भाषाको रुपमा चाम्लिङ भाषालाई प्रयोग हुने भएको छ । आगामी आर्थिक बर्ष २०७७र०७८ देखि सरकारी कामकाजको भाषाको रुपमा चाम्लिङ भाषालाई प्रयोग गर्ने नीति तथा कार्यक्रम जारी गरिएको छ ।

किरात राई (चाम्लिङ) हरुको वाहुल्यता रहेको सो नगरपालिकामा नगरको कामकाजको भाषाको रुपमा चाम्लिङ भाषालाई प्रयोग गर्नेे निर्णय गरेको हो । सिंगो नगरपालिकामा चाम्लिङ भाषा प्रयोग गरिने छ भने वडा नं. १ र वडा नं. २ मा वम्बुले(राई) भाषालाई मान्यता दिईने छ । त्यसैगरी वडा नं. ३ मा तिलुङ(राई) भाषालाई मान्यता दिईने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

यस्तै आगामी आर्थिक बर्ष २०७७र०७८ का लागि नगरसभामा प्रस्तुत भएको ५२ करोड ७८ लाख १४ हजार रुपैँया बराबरको बजेट बुधबारको नगरसभाबाट सर्वसहमतिले पास भएको छ ।

कृयाशील राजनैतिक दल, विषयगत विज्ञ, नगरबासी, संघ–संस्था र सरोकारवालाहरू सँगको चरणबद्व छलफल र सुझावको आधारमा आर्थिक बर्ष २०७७र०७८ को बार्षिक बजेट, नीति तथा कार्यक्रम ल्याइएको नगर प्रमुख ईवन राईले बताए ।

नगर प्रमुख राईले नगरसभामा पेश भएको बजेट, नीति तथा कार्यक्रम सर्वसहमतिले पास भएको भन्दै उप–प्रमुख, प्रमुख प्रशासकीय अघिकृत, विषयगत शाखा, नगर सभासदहरु सम्पूर्णमा धन्यवाद व्यक्त गर्नुभएको छ ।

आगामी आर्थिक बर्षका लागि प्रस्तुत बजेट, नीति तथा कार्यक्रम हिजोको नगरसभाबाट पास भएसंगै आउदो श्रावण १ गतेबाट नगरपालिकाको लेटर हेडमा चाम्लिङ, वडा नं. १ र २ मा वम्बुले र वडा नं. ३ मा तिलुङ लिपि प्रयोग गरिने जनाइएको छ ।

सम्बन्धित खवर