इलाममा एकैदिन ५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ७ पुग्यो - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इलाममा एकैदिन ५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ७ पुग्यो

इलाम । इलाममा एकैदिन थप ५ जनामा कोरोना भाइरस(कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यो संगै इलाममा कोरोना भाइरस(कोभिड–१९) संक्रमितको संख्या ७ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार इलाममा ओमनबाट आएका ३ जना, साउदी अरवियाबाट आएका १ जना र भारतबाट आएका १ जना गरी एकैदिन थप ५ जनामा कोरोना भाइरस(कोभिड–१९) संक्रमण पुष्टि भएको हो ।

संक्रमितहरुमध्ये भारतबाट आएर सूर्योदय नगरपालिका–२ पशुपतीनगर क्वारेन्टाइनमा रहेका २७ बर्षिय पुरुष, ओमनबाट आएका सूर्योदय नगरपालिका–३ का ३० बर्षिय र २८ बर्षिय पुरुष, इलाम नगरपालिका–८ का ४८ बर्षिय पुरुष र साउदी अरबबाट आएका सूर्योदय नगरपालिका–७ का ३० बर्षिय पुरुषमा कोरोना संक्रमण भेटिएको थियो ।

उनीहरुको ५ दिन अघि स्वाब संकलन गरेर परिक्षणका लागि पठाइएको थियो । उनीहरुलाई उपचारको लागि मोरङको गोठगाउँमा रहेको पुर्वाञ्चल विश्वविद्यालयको अस्पतालमा उपचारको लागि पठाइएको सूर्योदय नगरपालिका–१० का वडाध्यक्ष पेमा उगेन लामाले बताए ।

सम्बन्धित खवर