झापाको शिवसताक्षीमा कुलोको पानीमा डुबेर बालकको मृत्यु - Mangsebung News
  • आइतबार, बैशाख ०६, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

झापाको शिवसताक्षीमा कुलोको पानीमा डुबेर बालकको मृत्यु

झापा । झापाको शिवसताक्षी नगरपालिमा कुलोको पानीमा डुबेर तीन वर्षे बालकको मृत्यु भएको छ ।

शुक्रबार झापाको शिवसताक्षी नगरपालिका ८, काभ्रे चोक बस्ने मिलन कुमार बिष्टको तीन वर्षे छोरा सम्यमकुमार बिष्टको कुलोको पानीमा डुबेर मृत्यु भएको हो ।

१ न. प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी उपरीक्षक दिपक पोखरेलका अनुसार घर नजिकै रहेको कुलोको पानीमा खेल्ने क्रममा अचानक डुबेर बेहोस भएका बालक सम्यमको उपचारार्थ बिएण्ड सी अस्पताल बिर्तामोड पुर्याउन साथ मृत्यु भएकोे जानकारी दिए ।

सम्बन्धित खवर