माङसेबुङमा ८२ विपन्नलाई गाउँपालिकाले दियो सोलार प्यानल - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माङसेबुङमा ८२ विपन्नलाई गाउँपालिकाले दियो सोलार प्यानल

माङसेबुङ । इलामको माङसेबुङ गाउँपालिकाले राष्ट्रिय प्रशारण लाइनको विद्युत विस्तार हुन नसकेका वडा नम्बर ४ का ८२ विपन्न घरपरिवारलाई सोलार प्यालन वितरण गरेको छ ।

माङसेबुङ गाउँपालिकाको चालू आर्थिक वर्ष २०७६र७७ को वार्षिक बजेट, नीति तथा कार्यक्रम अन्तरगत साँगुरी, तमाखे चेपे, झिल्के राँगाधाप लगायत क्षेत्रका बासिन्दालाई ५० वाटको सोलार वितरण गरेको हो ।

सोलार पाएपछि वर्षौंदेखि टुकीको भरमा रात वितउँदै आएका त्यस क्षेत्रका बासिन्दाहरु हर्षित भएका छन् ।

माङसेबुङ गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इदिङ्गोको उपस्थितिमा भएको सोलार वितरण कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी सहित स्थानीयबासीको उत्साहजनक सहभागिता थियो ।

माङसेबुङ गाउँपालिकाले प्रथम गाउँसभाबाट प्रत्येक वडाका टोल वस्तीका घरघरमा सम्बन्धित सबै क्षेत्रका सरोकारवालाहरुसँग समन्वय, सहकार्य र साझेदारीतामा विद्युतीकरण गर्ने र विद्युत विस्तार गर्न नसकिने दुर्गम टोल वस्तीका घरहरुमा सोलारको माध्यबाट नागरिकहरुको घर दैलो उज्यालो पार्ने नीति पारित गरेको थियो ।

सोही नीति अनुसार गाउँपालिकाले दुर्गम वस्तीमा वर्सेनि सोलार वितरण गर्दै आएको छ । गत वर्ष पनि गाउँपालिकाले वडा नम्बर २ र ४ मा सोलार वितरण गरेको थियो ।

सम्बन्धित खवर