लिम्बु विद्यार्थी मञ्चद्धारा पर्यटन मन्त्रालयमार्फत नेपाल सरकारलाई ध्यानाकर्षण पत्र - Mangsebung News
  • शुक्रबार, बैशाख ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

लिम्बु विद्यार्थी मञ्चद्धारा पर्यटन मन्त्रालयमार्फत नेपाल सरकारलाई ध्यानाकर्षण पत्र

ताप्लेजुङ्ग । लिम्बु विद्यार्थी मञ्चले लिम्बुवानको विभिन्न स्थानमा धार्मिक सास्कृतिक पुरातात्त्विक तथा ऐतिहासिक स्थलहरुको अतिक्रमण रोक्ने सम्बन्धमा सस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मार्फत नेपाल सरकारलाई ध्यानाकर्षण गराएको छ ।

आइतबार लिम्बु विद्यार्थी मञ्चको तर्फबाट मञ्चका अध्यक्ष दिपा लक्समले सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भटराईलाई  ध्यानाकर्षण पत्र हस्तानतरण गर्दै सरकारलाई ध्यानाकर्षण गराएको हो ।

मञ्चले लिम्बुवान ताप्लेजुङको फुङलिङ नगरपालिका १० र ११, फक्ताङलुङ गाउँपालिका ३ र ५ श्रीजीङ्गा गाउँपालिका ३ को संगम स्थलमा अवस्थित मुक्कुमलुङ क्षेत्रमा केवुलकार लगायत सञ्चालनको लागि परियोजना सुरु हुदै गर्दा योजना सञ्चालन गर्ने निकायले मुकुम्लुङ क्षेत्र भित्रको ऐतिहासिक पक्षहरुलाई कुनैपनि प्रकारले नामेट पार्ने, भंग गर्ने जस्ता कार्य गर्न सक्ने भएकाले सम्बन्धित माननिय ज्युलाई गम्भीर ध्यानाकर्षण गराएको मञ्चका महासचिव गुल्सन आङबुहाङले बताए ।

मञ्चका महासचिव आङबुहाङले अस्तित्व, मौलिकता,पहिचान र भाषा लिपि सरक्षणमा निरन्तर लागि पर्ने बताउदै यस्को लागि सबै पक्षबाट सहयोग गर्न समेत अपिल गेका छन् ।

मञ्चका अध्यक्ष दिपा लक्सम र महासचिब गुल्सन आङबुहाङ द्वारा हस्ताक्षरीत ४ बुदें माग सहित लिम्बु विद्यार्थी मञ्चले नेपाल सरकारलाई ध्यानाकर्षण गराएको छ ।

लिम्बु विद्यार्थी मञ्चले जारी गरेको ध्यानाकर्षण पत्र

मिति २०७७/०३/१४ गते
माननिय मन्त्री ज्यु ,
सस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सिंह दरवार, काठमाण्डौं,
नेपाल सरकार ।

ध्यानाकर्षण पत्र

लिम्बुवानको ताप्लेजोङ जिल्ला फुङलिङ न.पा. वडा नं. १० र ११, फक्ताङलुङ गा.पा. वडा नं. ३ र ५ श्रीजीङ्गा गा.पा. वडा नं. ३ को संगम क्षेत्रमा पर्ने मुक्कुमलुङ क्षेत्रमा केवुलकार लगायत सञ्चालनको लागि परियोजना सुरु हुदै गर्दा योजना सञ्चालन गर्ने निकायले मुकुम्लुङ क्षेत्र भित्रको ऐतिहासिक पक्षहरुलाई कुनैपनि प्रकारले नामेट पार्ने, भंग गर्ने जस्ता कार्य गर्न सक्ने भएकाले माननिय ज्युलाई गम्भीर ध्यानाकर्षण गराउदछौं ।

पुर्वाधार विकासको क्रममा विभिन्न स्थानहरुमा ऐतिहासिक, पुरातात्विक, धार्मिक तथा सास्कृतिक क्षेत्रहरु बिनास गरिदै आएको कारण विवाद उत्पन्न भई विकास पनि नहुने र स्थलहरुको संरक्षण तथा संवर्धन पनि नहुने गरेको उदाहरण धेरै रहेकोछ । ऐतिहासिक प्राचिन स्थल मुकुमलुङलाई कालान्तरमा नाम परिवर्तन गरेर पाथिभरा मन्दिर बनाईएको र मुकुमलुङ भित्र गरिने पाठपुजाहरुमा समेत बृहत परिवर्तन गरिएको छ । यसरी एक फरक समुदायको धार्मिक आस्थाको केन्द्रलाई अर्को फरक समुदायले समाहितिकरण र रुपान्तरण गरि मुकुमलुङ प्रति युगौं देखि मान्दै आएका याुक्थुङ तथा अन्य अदिवासिहरुलाई धार्मिक तथा सास्कृतिक रुपमा पछाडि त पारियो नै त्यस सगैं प्राचिन भन्दा फरक आस्थालाई राखिए र गरिएकोे कारण प्राकृतिक रुपमा समेत हरेक वर्ष आगोलागि, बाढी–पहिरो जस्ता विभिन्न प्रकोपहरुबाट मानविय तथा भौतिक रुपमा ठुलो क्षती ताप्लेजोङ बासिहरुले भोग्नु परिरहेको जानकारी गराउदछौं । लिम्बुवानको विभिन्न स्थानहरुमा धार्मिक, सास्कृतिक, पुरातात्विक तथा ऐतिहासिक क्षेत्रहरुलाई बिकासको नाममा अतिक्रमण बढेकोले सम्बन्धित मन्त्रालयबाट नेपाल सरकारलाई यसै ध्यानाकर्षण पत्र मार्फत तपसिलका ४ बुदे सुझाव तथा माग प्रस्तुत गर्दछौं ।

तपसिलः–
१. ऐतिहासिक मुकुमलुङलाई पाथिभरा भन्ने कृत्रिम नाम हटाएर आफ्नै पहिचान बोकेको नाम मुकुमलुङ तत्काल कायम गरियोस ।

२. कुनैपनि भौतिक विकास परियोजनाहरु ल्याउदा नेपालको संविधानको धारा ३२ ले प्रदान गरेको भाषा, सभ्यता,संस्कृतिको संरक्षण तथा संवर्धन गर्ने हक, अन्तराष्ट्रिय महासन्धि आईएलओ नं. १६९, युनेस्को घोषणा पत्र सन २०१३, आदिवासी जनजातिहरुको अधिकार सम्बन्धि संयुक्त राष्ट्रसंघीय मानव अधिकारको घोषण पत्र (युएनड्रीप), स्थानिय सरकार सञ्चालन ऐन २०७४, प्राचिन स्मारक संरक्षण ऐन २०१३ , २०७४ कार्तिक ८ गतेको सर्वोच्च अदालतको परमादेश आदि राष्ट्रिय तथा अन्तराष्ट्रिय कानुन र सन्धीहरुलाई ध्यानमा राखियोस ।

३. कुनैपनि विकास परियोजनामा स्थानिय निकाय, प्रदेश सरकार, सम्बन्धित समुदाय संघ सस्था लगायतको सर्वोपक्षिय सहमति र सहकार्यमा मात्र कार्य सुचारु गरियोस ।

४. विकासको नाममा लिम्बुवानको विभिन्न ऐतिहासिक, सास्कृतिक तथा पुरातात्विक क्षेत्रहरुलाई योजनावद्ध रुपमा अतिक्रमण गर्ने कार्य भईरहेकोछ (जस्तै भर्खरै पान्थर जिल्लाको कुम्मायक गा.पा.४ र तेह्रथुम जिल्लाको फेदाप गा.पा. १ को घटना ) त्यस किसिमको कार्य तुरन्त रोकियोस ।

 …………………………                                                                                                  ……………………………..
 गुल्सन आङबुहाङ                                                                                                                     दिपा लक्सम
     महासचिव                                                                                                                                अध्यक्ष

नोगेन सेवारो, जय लिम्बुवान ।

सम्बन्धित खवर